Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

'घरघर जाऔ कांग्रेस जिताऔ'भन्दै कांग्रेस हेटौंडा नगरको वृहत भेला

Screenshot_20220404-16335-1649069395.jpg

 २१ चैत,हेटौंडा। कांग्रेस हेटौंडा नगरको वृहत नगर भेला सोमबार सम्पन्न भएको छ। घर घर जाऔ कांग्रेस जिताऔ अभियान अन्तर्गत आयोजित वृहत हेटौंडा नगर भेलाको आयोजना गरिएको हो। 
कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस सह महामन्त्री  महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो भने  नेपाली कांग्रेस निवर्तमान केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि गुरुराज घिमिरे र  कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको विशिष्ट  आतिथ्यता रहेको थियो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महालक्ष्मी उपाध्याय डिनाले गठबन्धन तोड्न राम्रो नहुने तर व्यवस्थित गर्नु आवश्यकता रहेको बताइन।उनले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन गर्ने पर्छ भनेर लाद्न नखोजेको तर व्यवस्थित गर्न चितिन्ति रहेको बताइन।
डिनाले गठबन्धनको नाममा नेतृत्व चयनका क्रममा पद्दतीलाई विचार गर्न विजयी हुने उमेदवारलाई चयन गर्न र  
गठबन्धन गर्दा ध्यान दिन र महिला प्रतिनिधित्वलाई प्राथमिकता दिन जिल्ला सभापतिलाई आग्रह समेत गरिन।उनले कार्यक्रमलाई सम्बोधनका क्रममा असन्तुष्टी साथीलाई पार्टीमा बसेबस नबसे नबस भन्नु भन्दापनि मिलाएर लैजानुपर्ने बताइन्। 
"स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न वडातहबाट सर्वसम्मत चयन गर्न इकाइ समितिलाई जिम्मा दिनुपर्छ"-डिनाले भनिन्। 
त्यसैगरी कांग्रेस पुर्व सदस्य तथा मकवानपुर प्रतिनिधि गुरुराज घिमिरेले कार्यक्रममा सम्बन्धन गर्दै घरघर जाऔ कांग्रेस जिताऔ अभियान स्थानीय तहको निर्वाचनमा जनताको निरासलाई भगाउदै कांग्रेसलाई विजयी गराउन जनतासंग जोड्ने  आधारशिला रहेको बताए। 
नेता घिमिरेले कम्युनिष्टबाट जनता चरम निरास बनेको उदघोष गर्दै कम्युनिष्टहरूको विगविगीलाई अन्त्य गर्न आवश्यक रहेको बताए।उनले आवश्यकताको आधारमा मात्र गठबन्धन गर्ने तर आवश्यक छैन भने गठबन्धन गर्न  नपर्ने बताए।
"यो अभियान केपी ओली को हु,शेरबहादुर देउवा को हु,प्रचण्ड को हु,माधव नेपाल को हु भन्नै जनतालाई बुझाउनु हो, उनीहरूसँग गठबन्धन भएपनि उनीहरुको सत्यता बुझाउनु यस अभियानको मुख्य उद्देश्य हो"-घिमिरेले भने।

भेलालाई सम्बोधनका क्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले बताउदै स्थानीय तहको निर्वाचनमा पदकालागि प्रतिस्पर्धाको हावी भएको स्वीकार गर्दै मिलेर  लैजानुको विकल्प नरहेको बताएका छन्। 
उनले पार्टी निर्णय विरुद्ध जिम्मेवार कांग्रेसी हिड्न नहुने भन्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बताए।

"भारतमा सरकारको नेतृत्व गरिरहेको भाजपा कुनै समय २१ वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो,स्मरण रहोस अप्ठेरो परेको अवस्थामा सहकार्य गर्नेलाई कांग्रेस धोका दिदैन"-नेता बानियाँले भने। 

कार्यक्रमलाई हेटौंडा-१ का सभापति हरिकृष्ण महर्जन प्रतिनिधिसभा १ प्रदेश ख का  सभापति राजेश बानियाँ,संघिय सभापति दामोदर खनाल,कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुलीले, बागमती प्रदेश सदस्य तथा मकवानपुर प्रदेश प्रतिनिधि  प्रज्वल दवाडी,बागमती प्रदेश सदस्य तथा हेटौंडानगर प्रतिनिधि तारा गुरुङ, कांग्रेस दैलेखका महासमिति सदस्य खगेन्द्र सुनार,कांग्रेस मकवानपुर सभापति बुद्ध लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा मकवानपुर सभापति बुद्ध लामा,उप सभापति आनन्द कठायत,सचिव भिमसेन महत,इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने,निसान्त बजगाई,कांग्रेस मकवानपुरका संघिय सभापति दामोदर खनाल,लोक मुक्तान,प्रदेश(क्षेत्रीय) सभापतिहरू सुशान्त श्रेष्ठ,राजेश बानियाँ,खड्ग गोपाली,रञ्जन कालाखेती कांग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल,पुर्व कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने,पुर्व मकवानपुर सचिव आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख सैलेन्द्र बानियाँ  
सहित हेटौंडाका १९ वडा सभापति,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य क्षेत्रीय प्रतिनिधि लगायत विभिन्न भातृसंगठनका प्रतिनिधि नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। 

                दुई दर्जन कांग्रेसमा प्रवेश 

एमाले सहित अन्य पार्टी परित्याग गरेर दुई दर्जन कांग्रेसमा प्रवेश गरेका छन्।नेपाली कांग्रेस हेटौंडा उपमहानगरको आयोजनामा सम्पन्न वृहत नगर भेलामा एमाले सहित अन्य पार्टी परित्याग गरेर दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।नवप्रवेसीलाई प्रमुख अतिथि महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानियाँ र केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेले खादा र टिका लगाएर स्वागत गरेका थिए।

Screenshot_20220404-16332-1649069395.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार