२१चैत,हेटाैंडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको एक वडामा दियालेबाट बत्ती बाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। आइतबार उक्त स्थानमा पेल्ट्रिक सेटमार्फत बत्ती बालिएको छ।
गाउँपालिकाको वडा नम्बर ९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक करेन्टबाट बत्ती बालिएको हो।अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा केन्द्रीय प्रशारण लाइन नपुग्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएकाे हाे ।
आइतबार गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उदघाटन भएसँगै त्यहाँका चेपाङको घरको उज्यालो छापेको छ। सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेन्ट्रिक सेट आईतबारबाट उक्त स्थानमा सञ्चालनमा आएको छ । ४ किलोवाट क्षमताको पेन्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका छन् ।
गाउँपालिकाको केहि स्थानमा यस्तै पेन्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अध्यारोमा नै बस्न बाध्य छन् । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिका भरिमा करिव २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सो पेन्ट्रिक सेटबाट केहि वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केहि वडा अध्यरोमा नै बस्न बाध्य छन् ।
कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेन्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपैयाँ खर्चिएको छ । बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन् । २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए ।
राक्सिराङ-९ का वडाध्यक्ष रामकुमार बाल्पा थिङकाे अध्यक्षतामा भएकाे पेल्ट्रिक सेट उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस राक्सिराङ सभापति विरेन्द्र जिम्बा, मानव अधिकार सञ्जाल मकवानपुरकी माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयाेजक कुमारी वाइबालगायतकाकाे आतिथ्यता रहेकाे थियाे । स्मरणरहोस बिजुली नपुगेको उक्त भेगका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो बनाउने गर्थे ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















