११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ । सडक छेउका संरचना भत्काएर विस्तार कार्य अघि बढाउन यो व्यवस्था गरिएको हो।
वैकल्पिक मार्ग तयारी अन्तिम चरणमा सडक विस्तारका कारण हुने असुविधा न्यूनीकरण गर्न बाइपास मार्ग तयार पार्ने काम तीव्र गतिमा अघि बढेको छ । यसका लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको निरीक्षण गरेका छन् । बाइपास मार्गमा आवश्यक मर्मत कार्य गरेर वैकल्पिक यातायात व्यवस्था सुचारु गरिनेछ जनाइएको छ।
मुख्य बजारमा सवारी आवागमन बन्द भएपछि हेटौंडाबाट काठमाडौं र भैंसेतर्फ जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गराइने व्यवस्था मिलाइएको छ। यी सवारी चौकीटोल हुँदै राप्ती नदी उकास क्षेत्र, राप्ती पुल, त्रिवेणीधाम भएर रातोमाटेतर्फ जाने गर्नेछन्।
समयमै संरचना नहटाए डोजर चलाइने चेतावनी
डिभिजन सडक कार्यालयले मंसिर ५ मा जारी गरेको १५ दिने सूचनाको अवधि मंसिर १९ मा सकिँदैछ। कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले संरचना नहटाएमा मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तारको काम सुरु गरिने बताए।
हाल वडा नम्बर १५ रातोमाटेबाट मार्किङ कार्य सुरु भइसकेको छ।
सडक विस्तार कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न विभिन्न निकायका प्रतिनिधि सम्मिलित टास्क फोर्स गठन गरिएको छ। हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणका प्रतिनिधि यसमा छन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सडक विस्तारको क्रममा विद्युत्, खानेपानी र टेलिफोन सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।स्थानीयवासीलाई सडक विस्तार कार्यमा सहयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















