Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मुख्यमन्त्री बानियाँले गरे बकैयाको नवनिर्मित भवनको उद्घाटन

588899991_116007567962470-1764167846.jpg

१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको प्रशासनिक भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरको हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआनदोलनबाट प्राप्त लोकतन्त्रले  नागरिकलाई सही प्रतिनिधि चयन गर्न स्वतन्त्रता प्रदान गरेको छ । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना निर्माण गरेको उल्लेख गर्दै वर्तमान व्यवस्थाप्रति असन्तुष्ट भएकाहरू अझै सक्रिय रहे पनि यस्तो सोच टिकाउ नहुने बताएका छन् । 

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, १२ वटै वडाका जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो। गाउँपालिका वडा नम्बर ३ हात्तीसुंडेमा निमार्ण सम्पन्न  चार तले भव्य प्रशासनिक भवन संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत साझेदारीमा बनेको हो ।  नवनिर्मित भवनमा अध्यक्ष–उपाध्यक्ष कार्यकक्षसहित २८ कोठा, २ सभा हल, सेवाग्राही कक्ष, भान्सा कोठा, स्टोर र शौचालय रहेको छ ।  २०७९ जेठ ३१ गते सम्झौता भई २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समय थपेर गत भदौ ३१ गते मात्र निर्माण सम्पन्न भएको हो। प्रारम्भिक सम्झौताअनुसार भवन निर्माण लागत ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ तय गरिएको थियो भने काम थपिएसँगै कुल लागत ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार