Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस युनियनको केन्द्रीय अधिवेशनबारे तयारी छलफल हेटौंडामा

स्थानीय समिति संयोजक समेत चयन

Screenshot_20220406-15052-1649236865.jpg

२३ चैत, हेटौंडा । प्रजातान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको छ । हेटौंडामा हुने अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको हो ।
नवौं अधिवेशनको उद्घाटन तथा निर्वाचन, आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको बारेमा  केन्द्रीय टोली र मकवानपुर शाखाबीच छलफल भएको छ । कार्यक्रममा सहभागीहरूले मतदाता नामावली निश्चित समय अगावै टुंगो लगाउने, प्रतिनिधि दर्ता अगावै गर्ने र शुल्क भुक्तानीलाई बैंकिङ प्रक्रियामार्फत, सचिवालय स्थापना लगायत बारे सुझाव दिएका थिए । कार्यक्रममा हेटौंडामा हुने अधिवेशनलाई व्यवस्थित गर्न कुनै कसर नराख्ने मकवानपुर शाखाले प्रतिवद्धता व्यक्त गरेको थियो ।
आगामी जेठ १३ र १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने अधिवेशन तयारीका लागि स्थानीय समन्वय समितिको संयोजकमा राममणि दाहाल, सहसंयोजक गिरिजा अधिकारी, सचिवालय मञ्च तथा स्वागत समिति संयोजकमा कुमार अधिकारी, आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारी रहेका छन् ।
छलफलमा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कार्यवाहक महासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राममणि दाहाल, सिर्जना अर्याल, वसन्त अधिकारी, गिरिजा अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, महासंघ जिल्ला अध्यक्ष एवं युनियन मकवानपुर उपाध्यक्ष मणिराज गौतम, युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार