Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनद्वारा ४ विद्यार्थीलाई छात्रवृती

रानी-वन-1650252616.jpg

५चैत,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहले आफनो सेवा क्षेत्रभित्र बसोबास गरेका जेहेन्दार, गरिव, जनजाती र दलित विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरेको हो । 
समूहले बंशगोपाल मावि चौघडा कक्षा ९ मा अध्ययनरत शान्ति कुमारी साह र  प्रकृति अधिकारी,भानु मावि मक्रान्चुली कक्षा ११ मा अध्ययनरत भरोसा सापकोटा र कक्षा १२ मा अध्ययनरत सुधा सापकोटालाई जनही ५ हजारका दरले छात्रवृति रकम वितरण गरिएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए । 
समूहमा आवद्ध गरिव, दलित, जनजाती र जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि समूहले प्रत्येक वर्ष छात्रवृति रकम वितरण गर्ने गरेको छ । छात्रवृति रकमले आफनो पढ्ने ईच्छामा सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन् । रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चाैलागाईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा समूहका सल्लाहकार बलराम अधिकारी,चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार प्रसाद गौतम,न्युरेनी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी,उन्नती आयआर्जन महिला समूह अध्यक्ष विमला कुमारी दंगाल,लगनशील आयआर्जन महिला समूह अध्यक्ष जोगमाया राई,रानी सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष केशव प्रसाद धिताल सहित रानी सामुदायिक  वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थिती रहेको थियो।छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि चौलागाई र वन समूहका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा प्रदान गरेका थिए। 

वन उपभोक्ता समूहले विगत १५ वर्ष देखी आफ्नै स्रोत त साधनबाट वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्यययनरत जेहेन्दार,गरिब विद्यार्थीलाई छात्रवृती दिदै आएको छात्रवृत्ति संयोजक तथा वन समूहकी सचिव नानीमाया रुम्बाले बताईन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार