Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन प्रभावित हुने गतिविभि नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह

election-commection-1024x-1650416246.jpg

७ बैशाख, हेटौंडा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयहित वातावरणमा सम्पन्न गराउन आमसञ्चार माध्यमले पहरेदारको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आमसञ्चार माध्यमले  सत्य, तथ्य र निश्पक्ष  सुचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गरे । 
आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमहरुसँग पनि उनले आग्रह गरे । 
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसले निर्वाचन प्रभावित हुने भनेर व्यक्त भएका चिन्तालाई सम्बोधन गर्न निर्वाचनमा हुने सबै खर्चको सीमा तोकिएको बताए ।
उनले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरिएको पनि जानकारी दिए । 
आयोगले उम्मेदवार हुने व्यक्ति स्वच्छ होस् भनेर स्वघोषणाको विषय उठान गरेको बताउँदै उम्मेदवार मनोनयनका लागि २ दिन दिने र प्रचारप्रसारका लागि १५ दिनबाट घटाएर ११ दिन दिने निर्णय गरिएको जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार