११बैशाख,हेटौंडा। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत आज हेटौंडा उपमानगरपालिकाको प्रमुखका रुपमा ७ जनाले मनोनयन दर्ता गराएका छन् ।
हेटौंडा २ मा रहेको स्थानीय तह सदस्य निर्वाचन-२०७९ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत सागर शर्माले निर्वाचन आयोगमा दर्ता भएको
राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले नगर प्रमुख पदको लागि उम्मेदवारी दर्ता गराएको बताएका छन्।
आज नगर प्रमुखमा उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह,उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम र मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला रहेको शर्माले बताए। त्यसैगरी हेटौंडाको नगर प्रमुखको पदका लागि स्वतन्त्रबाट देवराज पौडेल र लिला कुमारी आचार्यले उम्मेदवारी दर्ता गराएका हुन।
यता आज हेटौंडाको उपप्रमुख पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिना नाम दर्ता गराएका हुन।
त्यसैगरी वडाध्यक्षमा हेटौंडा-१ बाट एकजना स्वतन्त्र उम्मेदवार एकजना,हेटौंडा-२ को वडाध्यक्षमा नेमकिपाका एक जना,वड नम्बर ५ मा नेमकिपाका एकजना वडाध्यक्ष,हेटौंडा-८ का वडाध्यक्षमा सचेत नेपाली पार्टीका एकजना,हेटौंडा-१७ मा नेपाल विवेकशील पार्टीका वडाध्यक्ष र सदस्य सहित ५ जना,वडा नम्बर १८ मा वडाध्यक्षका लागि एकजना र हेटौंडा-१९ मा वडाध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत सागर शर्माले बताए। निर्वाचन आयोगले बैशाख ११ गते १२ गते दुई दिन मनोनयन दर्ता गर्ने कार्यतालिका प्रकाशन गरेको थियो। यता नेकपा एमाले,कांग्रेस,नेकपा एस,माओवादी केन्द्र र जसपा नेतृत्व गठबन्धन दलका उम्मेदवारले भोलि सोमबार मनोनयन दर्ता गर्ने बुझिएको छ। भोलि पनि बिहान १० बजेबाट साझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने छ।
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...



-nepal-1792111426.jpg)













