Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा असन्तुष्ट कांग्रेसले राप्रपालाई सहयोग नगर्ने

P-1509433929.jpg

१४ कार्तिक, हेटौँडा । मकवानपुरमा टिकट वितरणमा असन्तुष्ट केही कांग्रेस नेताहरुले राप्रपालाई सहयोग नगर्ने जनाएका छन् । उनीहरुले सोमबार राति छापामार शैलीमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार कमल थापालाई सहयोग नगर्ने निर्णय गरेका हुन् । 
पत्रकार सम्मेलनमा उपस्थित पार्टीबाट प्रतिनिधि र प्रदेश सभामा टिकट नपाउने निश्चित भईसकेका र उनका निकटका नेताहरु रहेका थिए । उनीहरुले आफुहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिन आग्रह गरेपनि वेवास्ता भएकाले पत्रकार सम्मेलन गरी असहयोग गर्ने जानकारी दिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले केन्द्रले कुनै सुनुवाई नगरेपछि दबाव दिनका लागि पत्रकार सम्मेलन गरी जानकारी दिनुपरेको बताए । वक्ताहरुले मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसको लहर राम्रो रहेको भन्दै उम्मेदवारी दिनुपर्ने बताएका थिए । उनीहरुले राप्रपाको पक्षमा जनमत कमजोर रहेको भन्दै केन्द्रमा गठबन्धन भएपनि जिल्लामा सहयोग गर्न नसक्ने बताएका थिए ।
टिकटमा सिफारिस भएर नपाउने निश्चित भईसकेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा टिकट दावि गरिरहेका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, हेटौँडा उपमहानगरपालिकामा प्रमुखका प्रत्यासी एवं प्रदेश सभामा टिकटको दावि गरिरहेका आनन्दराम पराजुली, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभामा टिकट दावि गरिरहेका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्य भीमसेन महत, राजन खरेल लगायतले पत्रकार सम्मेलनको नेतृत्व गरेका थिए ।
केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर १ बाट उठ्ने जनाईएका इन्द्रबहादुर बानियाँ, पार्टी सचिब बुद्ध लामा, निवर्तमान सभापति सभापति रघुरमण न्यौपाने, पूर्व सभापति एवं प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालसहित जिल्लाका शिर्ष नेतृत्व पत्रकार सम्मेलनमा नहुनुले घटनालाई रहस्यमय बनाएको छ । हेटौँडाको एउटा होटलमा राति गरिएको पत्रकार सम्मेलनबारे सभापति बानियाँ र पार्टीले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैनन् । बानियाँलाई उम्मेदवार बनाउनुपर्ने बताईरहेका कार्यकर्ता र मतदातामा भने पत्रकार सम्मेलनले केही आशा पालाएको देखिन्छ ।

P1-1509433929.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार