Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा असन्तुष्ट कांग्रेसले राप्रपालाई सहयोग नगर्ने

P-1509433929.jpg

१४ कार्तिक, हेटौँडा । मकवानपुरमा टिकट वितरणमा असन्तुष्ट केही कांग्रेस नेताहरुले राप्रपालाई सहयोग नगर्ने जनाएका छन् । उनीहरुले सोमबार राति छापामार शैलीमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार कमल थापालाई सहयोग नगर्ने निर्णय गरेका हुन् । 
पत्रकार सम्मेलनमा उपस्थित पार्टीबाट प्रतिनिधि र प्रदेश सभामा टिकट नपाउने निश्चित भईसकेका र उनका निकटका नेताहरु रहेका थिए । उनीहरुले आफुहरुले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिन आग्रह गरेपनि वेवास्ता भएकाले पत्रकार सम्मेलन गरी असहयोग गर्ने जानकारी दिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले केन्द्रले कुनै सुनुवाई नगरेपछि दबाव दिनका लागि पत्रकार सम्मेलन गरी जानकारी दिनुपरेको बताए । वक्ताहरुले मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसको लहर राम्रो रहेको भन्दै उम्मेदवारी दिनुपर्ने बताएका थिए । उनीहरुले राप्रपाको पक्षमा जनमत कमजोर रहेको भन्दै केन्द्रमा गठबन्धन भएपनि जिल्लामा सहयोग गर्न नसक्ने बताएका थिए ।
टिकटमा सिफारिस भएर नपाउने निश्चित भईसकेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा टिकट दावि गरिरहेका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, हेटौँडा उपमहानगरपालिकामा प्रमुखका प्रत्यासी एवं प्रदेश सभामा टिकटको दावि गरिरहेका आनन्दराम पराजुली, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभामा टिकट दावि गरिरहेका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्य भीमसेन महत, राजन खरेल लगायतले पत्रकार सम्मेलनको नेतृत्व गरेका थिए ।
केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर १ बाट उठ्ने जनाईएका इन्द्रबहादुर बानियाँ, पार्टी सचिब बुद्ध लामा, निवर्तमान सभापति सभापति रघुरमण न्यौपाने, पूर्व सभापति एवं प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालसहित जिल्लाका शिर्ष नेतृत्व पत्रकार सम्मेलनमा नहुनुले घटनालाई रहस्यमय बनाएको छ । हेटौँडाको एउटा होटलमा राति गरिएको पत्रकार सम्मेलनबारे सभापति बानियाँ र पार्टीले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैनन् । बानियाँलाई उम्मेदवार बनाउनुपर्ने बताईरहेका कार्यकर्ता र मतदातामा भने पत्रकार सम्मेलनले केही आशा पालाएको देखिन्छ ।

P1-1509433929.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार