१४ कार्तिक, हेटौँडा । गठबन्धनबाट उम्मेदवार बन्ने करिव निश्चित भईसकेका कमल थापा केही असन्तुष्ट कांग्रेसको कदम पछि के गर्लान् भन्ने चर्चा अहिले मकवानपुरमा छ । गठबन्धन भए जित सुनिश्चित रहेको भन्दै गाउँमा केही कार्यक्रम गरेर काठमाण्डौं फर्किएका थापालाई कांग्रेसको यो कदमले झड्का भने लागेको छ ।
तल्लो तहमा भन्दा सिधै केन्द्रमा तालमेलको गाँठो कसेका उनलाई स्थानीय कार्यकर्ताले गाँठो फुस्काई दिने चेतावनी दिएपछि तनाव बढेको छ । झापामा राप्रपाका राजेन्द्र लिङ्देलले उम्मेदवारी दिने तय भएको क्षेत्रमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने कांग्रेस केन्द्रको निर्णयको असर मकवानपुरमा परेको राप्रपा मकवानपुरका नेताहरुको भनाई छ । उनीहरु अझै पनि कांग्रेसले अहिलेको तनावलाई मिलाउनेमा आशावादी रहेका छन् ।
एक जिल्ला नेताका अनुसार केन्द्रीय तह र जिल्लाका शिर्ष तहमा दुई पार्टीबीच छलफल भईरहेको भन्दै सोमबार रातिको पत्रकार सम्मेलनले गठबन्धनमा असर नपर्ने दावि गरेका छन् । ‘असन्तुष्ट केही नेताहरुले पत्रकार सम्मेलन गरेका रहेछन्’–उनले भने–‘पार्टीको आधिकारिक धारणा र शिर्ष नेतृत्वको उपस्थिति नभई अहिले नै अड्कलबाजी गर्नु ठिक हुँदैन ।’
तर राप्रपा अध्यक्ष कमल थापाले भने कांग्रेसकै सहयोगमा उम्मेदवार बन्ने जनाएका छन् । केन्द्रीय कार्यसमितिको निर्णयमा पनि थापालाई मकवानपुर क्षेत्र नम्बर १ मा उठाउने निर्णय राप्रपाको छ । सामाजिक सञ्जाल ट्वीटरमा आफु राप्रपाको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने जनाउँदै सहयोगका लागि उनले अपिल गरेका छन् ।
उनले अपिल गरेको केही बेरपछि नै कांग्रेसमा असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी सहयोग नगर्ने घोषणा गरेपनि भने कमल थापा के गर्लान् भन्ने अन्यौलता बढेको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















