Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काँग्रेस र राप्रपाको तालमेल नहुने

Sher-Bahadur-Deuba-Kamal-1509533921.jpg

कात्तिक १५, काठमाडौं । सत्ताधारी दुई दल काँग्रेस र राप्रपाबीच चुनावी तालमेल नहुने भएको छ ।  राप्रपा अध्यक्ष कमल थापा र नेता दिलनाथ गिरीले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर झापा, मकवानपुर लगायतका जिल्लामा पुनःविचार गर्न भनेपनि काँग्रेसले आन्तरिक व्यवस्थापनका कारण त्यसो गर्न नसकिने बताएपछि तालमेलको सम्भावना सकिएको हो । 

काँग्रेस सभापति देउवालाई भेट्न पुगेका राप्रपा नेता गिरीले हाम्राकुरासँग भने, ‘हामीले काँग्रेसको पार्टी सभापतिलाई भेट्यौँ । हाम्रो पार्टी नेतृत्वमा रहेका उम्मेदवारहरुको क्षेत्रबारे पुनःविचार गर्न भन्यौँ । तर, उहाँले आन्तरिक व्यवस्थापनका कारण असहज भएको सुनाउनु भयो ।’

अब के हुन्छ त ? जवाफमा उनले भने, ‘अब हामीलाई व्यक्तिगत रुपमा र रणनीतिक रुपमा जुनसुकै पार्टीसँग पनि साझेदारी गर्ने बाटो खुला भयो ।’

नेता गिरीका अनुसार राप्रपाले अन्य पार्टीहरुसँग व्यक्तिगत र रणनीतिक साझेदारी गरेपनि सत्तारुढ गठबन्धनमा कुनै असर नपार्ने कुरा भएको छ । 

झापा ३ मा राप्रपाबाट महामन्त्री राजेन्द्र लिङदेन चुनाव लड्दै छन् । राप्रपाले लिङदेनलाई सघाउन अनुरोध गरेको थियो । पहिले काँग्रेस नेता कृष्ण सिटौलालाई समानुपातिक सूचीमा राखिएकामा पछि काँग्रेसले प्रत्यक्षको उम्मेदवार बनाउने भनेपछि दुई पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको थियो । 

अब सम्भावना सकिएको नेता गिरीले बताएका छन् । विहिबार दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुँदैछ । उता, झापा ३ बाट उम्मेदवारी दिने लिङदेनलाई एमाले माओवादीको वाम गठबन्धनले सघाउने निर्णय गरेको छ ।

साभार : हाम्राकुरा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार