Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकासका लागि कांग्रेस जित्नु जरुरी : डिना

Pradesh-2-News-1509962207.JPG

२० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले देश र आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु जरुरी रहेको बताएकी छिन् । 
हेटौँडामा भएको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभाका अगुवा कार्यकर्ता भेलामा उनले पटक पटक कम्युनिष्टहरुले जितेपनि व्यक्तिगत स्वार्थमात्रै पुरा गरेको भन्दै देश र गाउँको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको बताईन् । नेपाली कांग्रेसले पश्चिमी मकवानपुरमा थालेको विकासको अभियानलाई मतदाताको साथ रहनेमा विश्वस्त रहेको उनको भनाई थियो । तीन पटक सांसद भईसकेर पनि गाउँ नपुगेहरु बाम गठबन्धन नाममा निर्वाचन आएपछि गाउँ प्रवेश गरिरहेको भन्दै  मतदाताहरुले उनीहरुलाई तिरस्कृत गर्ने दावि गरिन् । 
कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको पैसा, रगत र पसिना मागेर सत्तामा गएका कम्युनिष्टहरुले सधै धोका दिएको भन्दै जनतालाई दुःखबाट सुखमा पु¥याउन कांग्रेस लागेको बताए । उनले जनतालाई भाषणबाट भ्रमित पार्ने कम्युनिष्टहरुबाट सतर्क रहन मतदातालाई आग्रह गर्दै मकवानपुर २ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले नेतृत्व लिने बताए । पश्चिमी मकवानपुरलाई विकासबाट पछि पार्न यसअघि जितेकाहरुको हात रहेको भन्दै जनताले उनीहरुलाई निर्वाचनमा प्रश्न गर्नुपर्ने बानियाँको भनाई थियो । 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धन २ नम्बर क्षेत्र निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपाने, सहसंयोजक पशुपति रिजाल, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, राप्रपा नेता सिताराम वर्तौला, सन्तोष थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।
निर्वाचन प्रचार समिति गठन
भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति लोक मोक्तान संयोजक र राप्रपाका जिल्ला सदस्य देव लामा सहसंयोजक रहेको क्षेत्रीय प्रचार समिति गठनराक्सिराङमा नेपाली कांग्रेसका ईश्वर रुम्बा संयोजक र राप्रपाका देव लामा सहसंयोजक, मनहरीमा नेपाली कांग्रेसका भरत पराजुली संयोजक र राप्रपाका योगमाया न्यौपाने सहसंयोजक, कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका बेलबहादुर मोक्तान र राप्रपाका रामु रिजाल सहसंयोजक र हेटौँडा ३ र १९ मा नेपाली कांग्रेसका विष्णुलाल स्यांतान संयोजक रहेको निर्वाचन प्रसार समिति गठन गरेको छ । त्यसैगरी तरुण, महिलाको उपसमिति समेत गठन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार