Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विकासका लागि कांग्रेस जित्नु जरुरी : डिना

Pradesh-2-News-1509962207.JPG

२० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले देश र आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु जरुरी रहेको बताएकी छिन् । 
हेटौँडामा भएको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभाका अगुवा कार्यकर्ता भेलामा उनले पटक पटक कम्युनिष्टहरुले जितेपनि व्यक्तिगत स्वार्थमात्रै पुरा गरेको भन्दै देश र गाउँको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको बताईन् । नेपाली कांग्रेसले पश्चिमी मकवानपुरमा थालेको विकासको अभियानलाई मतदाताको साथ रहनेमा विश्वस्त रहेको उनको भनाई थियो । तीन पटक सांसद भईसकेर पनि गाउँ नपुगेहरु बाम गठबन्धन नाममा निर्वाचन आएपछि गाउँ प्रवेश गरिरहेको भन्दै  मतदाताहरुले उनीहरुलाई तिरस्कृत गर्ने दावि गरिन् । 
कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको पैसा, रगत र पसिना मागेर सत्तामा गएका कम्युनिष्टहरुले सधै धोका दिएको भन्दै जनतालाई दुःखबाट सुखमा पु¥याउन कांग्रेस लागेको बताए । उनले जनतालाई भाषणबाट भ्रमित पार्ने कम्युनिष्टहरुबाट सतर्क रहन मतदातालाई आग्रह गर्दै मकवानपुर २ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले नेतृत्व लिने बताए । पश्चिमी मकवानपुरलाई विकासबाट पछि पार्न यसअघि जितेकाहरुको हात रहेको भन्दै जनताले उनीहरुलाई निर्वाचनमा प्रश्न गर्नुपर्ने बानियाँको भनाई थियो । 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धन २ नम्बर क्षेत्र निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपाने, सहसंयोजक पशुपति रिजाल, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, राप्रपा नेता सिताराम वर्तौला, सन्तोष थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।
निर्वाचन प्रचार समिति गठन
भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति लोक मोक्तान संयोजक र राप्रपाका जिल्ला सदस्य देव लामा सहसंयोजक रहेको क्षेत्रीय प्रचार समिति गठनराक्सिराङमा नेपाली कांग्रेसका ईश्वर रुम्बा संयोजक र राप्रपाका देव लामा सहसंयोजक, मनहरीमा नेपाली कांग्रेसका भरत पराजुली संयोजक र राप्रपाका योगमाया न्यौपाने सहसंयोजक, कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका बेलबहादुर मोक्तान र राप्रपाका रामु रिजाल सहसंयोजक र हेटौँडा ३ र १९ मा नेपाली कांग्रेसका विष्णुलाल स्यांतान संयोजक रहेको निर्वाचन प्रसार समिति गठन गरेको छ । त्यसैगरी तरुण, महिलाको उपसमिति समेत गठन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार