२४ कार्तिक, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नगर स्तरीय संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । माओवादी केन्द्र थाहा नगर कमिटि संयोजक अरुण रायमाझीको सभापतित्वमा भएको भेलामा मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बिरोध खतिवडाको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा २ को प्रदेश सभा क की उम्मेदवार कुमारी मोक्तानको बिषेश आतिथ्यमा भएको हो ।
दुवै उम्ेदवारले बाम गठबन्धनलाई जिताउनका लागि ढुक्क भएर मतदान गर्नका लागि आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले नेपालमा पटक पटक बहुमत ल्याएर राष्ट्रिय महत्वका योजानाहरु निजी करण गर्ने नाममा खतम वनाउने देखि जनताले ल्याएको बहुदलीय व्यबस्था राजालाई किस्तीमा राखेर बुझाउने कांग्रेसले राष्ट्रको हित गर्दैन भन्ने प्रस्ट भएको बताए ।
यस्तै मोक्तानले नेपालमा जनता जहिले कम्युनिष्टको साशन चाहने भएकोले वामपन्थीहरुको मतदाता बढी भए पनि बेग्ला बेग्लै भएर जाँदा यो सम्भव नभएको हो । ६० प्रतिसत भन्दा बढी नेपाली जनता सुशासन सहित जनताको हितगर्ने बाम गठबन्धनको सरकार चाहेको धेरै भइसक्यो यो अवस्वथालाई बुझेर समझदारीको साथ अगाडी बढ्नु पर्ने वताए ।
कार्यक्रममा नेकपा माओवादी जिल्ला पार्टि सचिवालय सदस्य क. बिष्णु बिष्ट आदर्श, नेकपा एमाले जिल्ला पार्टि सचिवालय सदस्य क. बिष्णु प्रसाद ढकाल, थाहा नगरपालिकाका मेयर तथा नेकपा माओवादी जिल्ला कमिटि सदस्य लबसेर बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले अरुण रायमाझी संयोजक तथा सानोकाजी गोपाली सह–संयोजक रहनेगरी ५ सय १ जनाको थाहा नगरस्तरीय निर्वाचन परिचालन कमिटि गरेको छ भने महेश्वर सुवेदी संयोजक तथा बिष्णु गोपालीको सह संयोजकत्वमा १ सय १ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















