२५ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् ।
मकवानपुरको हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र र मकवानपुरको पश्चिमी क्षेत्रमा एकिकृत पर्यटन विकासका लागि दुबैतर्फ लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । उनले चितवनको सौराह आएका पर्यटकलाई मकवानपुरको पश्चिमी क्षेत्रमा भित्र्याउन र यता आएका पर्यटकलाई सौराह पु¥याई पर्यटन प्रवद्र्धन गर्न एकिकृत पहलको खाँचो रहेको भन्दै यसका लागि लोकतान्त्रिक गठबन्धन तत्पर रहेको बताए । प्रकृतिसंग रमाउनेका लागि सौराह, मचान, कैलाश बैकुण्ठ, शिलाधुनी क्षेत्रका साथै कृषि पर्यटनका लागि हाँडिखोला विशेष महत्वको क्षेत्र रहेको समेत उनको भनाई थियो ।
मकवानपुरको रजैया, लामिटार, पदमपोखरी हुँदै हेटौँडा जोड्ने सडक र चितवनको भण्डारा हुँदै मकवानपुरको काँकडा शिलाधुनी, डाँडाबास हुँदै दामन सडक विस्तार गरी पर्यटन भित्र्याउन सकिने उनको भनाई थियो । उनले चितवन र मकवानपुरका जनताले आफ्नो जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई साथ दिने समेत दावि गरे ।
कार्यक्रममा मनहरी गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक भरत पराजुलीसहित नेपाली कांग्रेस र राप्रपाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















