२५ कार्तिक,हेटौडा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले सहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग हामी डराउनु नपर्र्ने बताएकि छिन ।
मकवानपुरको थाहानगरपालिका ११ र १२ टिस्टुङ नौखण्डे मा आज निर्वाचन प्रचार प्रसार समितिको वडा कार्यलय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिती गठन कार्यक्रममा उपाध्यायले यसो बताएकि हुन ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २का प्रदेशसभाका उम्मेदवार यतिराज सापकोटाले नेपाली काङग्रेसले सधै विकासको बाटोमा अघि बढ्ने भन्दै २ नम्बर यो ठाउँ र भुगोलसंग परिचित रहेको र विकासको काममा अगाडि बड्नका लागि पनि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी रहेको प्रतिवद्दता व्यक्त समेत गरेका छन ।
सुमन गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा मणिराज गुरुङ, लक्ष्मी श्रेष्ठ ,निलम देवकोटा, कृष्णभक्त श्रेष्ठ , ईश्वर नाथ पौडेल, पवित्रा महत, जिल्ला सदस्य सुनमाया स्याङ्तान, महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, १२ नम्बर वडा इकाइ सभापती बुद्धराम स्याङ्तान, थाहानगर सचिव राममाया के सि, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सचिव तथा निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेत, रा प्र पा स्थानिय नेता हरिबहदुर बम्जन, दिनेश उपाध्यय, लक्ष्मण सुवेदी, लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी थाहानगर वडा ११मा चिन कुमार गोलेको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको र वडा १२ मा राम बहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेतले जानकारी दिए ।
लोकतान्त्रिक गठबन्धनको ६ नम्बरमा चुनाव प्रचारप्रसार समिति
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले नेपाली काँग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको संयोजक र राप्रपा वडा अध्यक्ष केदार राई सहसंयोजक रहने गरि ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति निर्माण गरेको छ । त्यसैगरि संयुक्त भेलाले युवा परिचालन समिति र महिला परिचालन समिति समेत निर्माण गरेको छ । युवा परिचाल समितिको संयोजक राजकुमार बास्तोला र सहसंयोजक लक्ष्मण सापकोटा रहेका छन् भने महिला परिचालन समितिको संयोजकमा शोभा खतिवडा र सहसंयोजकमा सुमित्रा तिमल्सिना रहेको वडा सभापति रामहरी तिमल्सिनाले जानकारी दिए । ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, पूर्व महाधिवेसन प्रतिनिधि होमनाथ गौतम, राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















