२६कार्तिक,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ र ७ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको छ ।
क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्य राप्रपाका केन्दिय सदस्य दिपक सिंह रजिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछानेले संयुक्त रुपमा सम्पर्क वडा कार्यालय उद्घाटन गरेका छन ।
सम्पर्क वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्यले बाम गठबन्धनले लोकतन्त्रलाई खतरा पार्ने संकेत देखा परेकोले भन्दै जन्ताले लोकतन्त्रको रक्षाको लागी लोकतान्त्रिक शक्तिहरुलाई मतदान गरी बिजय गराउन गर्दै पटक पटक जितेर एमालेले जिल्लामा सिन्को समेत नभाचेको भन्दै कमल थापा र ईन्द्र बानियाले गरेका बिकाशे कामहरुलाई नियाल्न आग्रह गरेका छन । त्यसैगरी राप्रपाका केन्द्रीय सदस्य दिपक सिंहले नेपाली काग्रेस र राप्रपाको एउटै लक्ष्य भनेको मकवानपुर र मकवानपुर जन्ताको बिकास गर्ने रहेको हुदा लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट दिएर बिजय गराउन आग्रह गरे बताए ।
उद्घाटन कार्यक्रमामा राप्रपाका केन्द्रिय सदस्य रामहरी न्यौपाने,
काँग्रेस समानुपातिक उम्मेदवार पवित्रा विक , नेपाली काग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाई, राप्रपाका क्षेत्रिय अध्यक्ष तथा निर्बाचन प्रचारप्रसार समितिका सहसंयोजक ध्रुब सजेल, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापाकोटा, नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ,सुनिल दाहाल, हेटौँडा वडा न ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, राप्रपा ६ नम्बर अध्यक्ष केदार राई,काग्रेस ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, लगायतकाको उपस्थिति रहेको थियो ।
हेटौँडा–१३ र थाहा ६ मा प्रचारप्रसार समिति गठन
हेटौँडा–१३ मा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार समिति गठन भएको छ । कार्यकर्ता भेलाले नेपाली कांग्रेस
हेटौँडा–१३ का सभापति कृष्णबहादुर थिङ संयोजकत्वमा प्रचार समिति गठन गरेको हो । सहसंयोजकमा राप्रपाका वडा अध्यक्ष भवनाथ दुलाल र सदस्य सचिवमा कांग्रेसका मिनप्रसाद दुलाल रहेको ५१ सदस्यीय समिति गठन गरेको छ ।कार्यक्रममा कांग्रेस नेता चम्फुरच्न लामा, अर्जुन थिङ, राप्रपाका सपना मोक्तान लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी क्षेत्र नम्बर २ को थाहा नगरपालिका ६ बज्रबाराहिमा कांग्रेसका केदार बहादुर जोशीको संयोजकत्व र राप्रपाका शम्भु भक्त श्रेष्ठको सहसंयोजकत्वकम ५१ सदस्यीय प्रचार समिती गठन गरिएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















