मंसिर ४ को निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको भागदौड बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसको निर्वाचन क्षेत्र छ । मकवानपुरको प्रतिनिधिसभा–१ को ख बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएका उनी झिनो मतान्तरले पराजित भएका थिए ।
नेपाली कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली चुनाव हारेपनि विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आएका छन् । भुकम्पमा होस् या कोरोना संक्रमणकालमा उनले विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । उनै पराजुली मंसिर ४ गते हुन लागेको संसदीय चुनावमा पहिलोपटक उम्मेदवार बनेका छन् । प्रस्तुत छ प्रष्टखबरका लागी सुनिल शिवाकोटीले गरेको कुराकानी:
चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
मंसिर ४ नजिकिसक्यो, अब मौन अवधि सुरु हुँदै छ । यसबीच हामीले मतदातासँग मत माग्न पाउँदैनौ तर समय रहुन्जेल सकेसम्म सबै मतदाताहरुलाई भेट्न उहाँहरुको घरदैलोमा पुगिरहेका छौ । वडा र टोलहरुमा भइरहेको कार्यक्रम मार्फत आफ्नो एजेण्डाहरु जनतालाई भन्ने काम भइरहेको छ । विशेषगरि घरदैलो, कोणसभा, कार्यकर्ता भेटघाटका माध्यमबाट मतदाताको गुनासो सुन्ने र आफ्ना एजेण्ड बुझाउँने काम भइरहेको छ ।
मतदातालाई कतिको उत्साही पाउनु भएको छ ?
स्वाविक रुपमा चुनाव भनेपछि मतदाताहरुमा आफुले चाहेको उम्मेदवार छान्न पाउने भएकाले उत्साह देखिन्छ । तर विगतमा चुनेर पठाएका उम्मेदवारहरुको व्यवहारले उहाँहरुमा केहि निराशाा पनि छ । फेरि पनि चुनाव जितेर आउँने नेतहरुबाट त्यस्तै व्यवाहर हुने हो कि भनेर । मतदाताहरुमा आक्रोश र आशा, भरोसा पनि छ । यो पटक काम गर्ने उम्मेदवार चयन गरेर मतदान गर्नुपर्ने भन्नेमा मतदाताहरु रहेको पाएको छु । मतदाताहरुको अपेक्षाहरु पनि धेरै नै छ । विगतको सरकारलाई पाँच वर्षको लागि मतदान गरेर पठाएको भएपनि सरकारले त्यो मतको अपमान ग¥यो भन्ने धेरैको बुझाई छ । सरकारले प्रतिनिधिसभा विघटन गर्ने काम गरेकोले जनताहरुमा आक्रोश पनि देखिएको छ ।
मतदातालाई आफ्नो उम्मेदवारीका विषयमा के भन्नुहुन्छ ?
मैले जनप्रतिनिधि भएर काम गर्ने अवसर त पाएको छैन । काम गर्ने अवसर पाउनको लागि मेरो उम्मेदवारी हो । २०७४ मा म हेर्टौंडाको मेयरको प्रत्यासी थिए । त्यतिबेला थोरै मतले म पराजित हुनुपर्यो भने धेरै म तबदर भयो । त्यतिबेला कामगर्न पाएनौ । अब वास्तवमै राजनीतिलाई सेवाको रुपमा हामिले बुझेका छौ । राजनीति पेशा होइन सेवा हो । मकवानपुरको जनताले काम गर्ने अवसर दिनुभयो भने उहाँहरुको सेवाको काम गर्ने भनेर लागेको हो । यद्यपी म पदमा नै नहुँदा पनि काम नगरेको चाँहिहोइन । कोरोनाको बेलामा होस् या भुकम्पको बेलामा सकेसम्म मकवानपुरका आमाबुवा, दाजुभाई, दिदिबहिनीलाई हामिले धेरै सहयोग गरेका छौ ।
तपाईको एजेण्डा के हो ?
आधारभुत आवश्यकताहरु पनि जनताले प्राप्त गर्न सकिरहेको अवस्था छैन । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटनको योजना लिएर हामि जनतामाझ गइरहेका छौ । सामान्य भन्दा सामान्य काम पनि विगतको सरकारले गर्न नसकेको हामिले देख्यौ । त्यसको पनि आक्रोश जनतामा छ । त्यहि भएर हामि विशेषगरि हेटौंडा अस्पतालको भवन त हामिले राम्रो ठुलो पाएका छौ । तर त्यहाँभित्र मुटुको,किड्नीको डाक्टरहरु स्रोतसाधनहरु प्राप्तन गर्न सकिरहेका छौ । बालबिालिका तथा वृद्वहरुको उपचार निशुल्क हुने गरिवहरुको स्वास्थ्य सेवा निशुल्क हुने व्यवस्थ गर्न हामिले सकेका छैनो । पहुँच नहुनेले उपचार नै गर्न नसकेको अवस्था हामिले धेरै देखेका छौ । हेटौंडा अस्पताललाई भौतिक रुपमा मात्रै होइन, यसलाई सबै स्रोतसाधनले राम्रो बनाउने । यहाँबाट उपचारको लागि चितवन जान नपर्ने अवस्था बनाउनको लागि हाम्रो उम्मेदवारी । शिक्षामा विश्वविद्यालय यही स्थापना गर्ने । गरिव र विपन्नको छोराछोरीले पनि यही डाक्टर, ईन्जिनियर र वकिल यही पढेर हुन पाउने व्यवस्थाको लागि पनि लागिरहेका छौ । रोजगारीको लागि हामिसँग हेटौंडामा पुरानो औद्योगिक क्षेत्र पनि छ,परिकल्पना गरेको नयाँ औद्योगिक क्षेत्र पनि छ । व्यवसायीहरुलाई पनि कर छुट दिने हो भने व्यवसाय सञ्चालन गर्न सहज हुन्छ र त्यहाँबाट रोजगारीको अवसर पनि सिर्जना हुन्छ । कृषिको कुरा गर्नुपर्दा विगतको सरकारले पहुँचवालालाईमात्रै अनुदान दिने काम गर्यो । वास्तविक किसानले नपाउने अवस्था चिर्दै वास्तविक किसानलाई अनुदान दिएर प्रात्साह गर्ने काम हामी गर्नेछौ । मठ मद्यिनर र गुम्बाहरुको संवद्र्वन गर्दै पर्यटनलाई बढाउने काम पनि हामी गर्छौ । आँखाले देखिने र छाम्दा छामिने काम गर्नेतर्फ हाम्रो ध्यान छ ।
नीति नियम बनाउने तहमा तपाईको भुमिका के हुन्छ ?
कतिपय कुराको नीति नियम निर्माण गर्न बाँकी नै छ । निर्वाचित भएर गएपछि स्वास्थ्य, शिक्षा, पर्यटन लगायत सबैको लागि नीति नियम बनाउनुपर्छ । बालबालिका र महिलाहरुको अधिकारको लागी नीति नियम बनाउन आवश्यक छ । विकास निर्माणको लागि पनि पहिला नीति नियम बनाउनु पर्छ । पहिल नीति नियम बनाएर मात्रै विकास निर्माणको काम सुरु हुन्छ । हामी बागमती प्रदेशमा विकासको लहर ल्याउने अभियानमा छौ ।
गठबन्धनमा भोट ट्रान्सफर हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
यो पवित्र खालको गठबन्धन हो । मुलुकलाई आवश्यक परेको बनेको हो । यो गठबन्धन कसैलाई चुनाव जिताउन वा हराउनको लागि बनेको होइन । कसैको व्यक्तिगत चाहनाले यो गठबन्धन बनेको होइन । पवित्र उद्देश्यले बनेको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीसँगै अन्य पार्टीका साथीहरु पनि ईमान्दारितापूर्वक लाग्नु भएको छ । यो गठबन्धन अहिले मात्रै होइन जुन बेला देशलाई अप्ठ्यारो पर्छ त्यो बेलामा यसअघि पनि बनेको थियो । शसस्त्र द्वन्द्वको बेलामा हामिले १२ बुँदे सहमतीदेखी शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा पनि हाम्रो सहकार्यको गठबन्धन थियो । देश सजिलो अवस्थामा पुगिसकेपछि हामि पहिलाको जस्तै आफ्नो उद्देश्य अनुसार आ–आफ्नो बाटोमा गएर स्वस्थ प्रतिष्पर्धामा लाग्छौ । त्यसकारण यो गठबन्धनलाई चोक चौतारामा जसले जे भनेपनि यसको पवित्र उद्देश्य छ ।
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...