२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न सभा समुद्घाटन समारोहमा प्रतिनिधितसभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता र बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङको विशेष आतिथ्यता रहेको थियो ।
गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय संसाद बर्तौलाले अहिले मूलधारका मूल राजनीतिज्ञहरूमा प्रश्न चिह्न उठेको बताउदै जनताको मर्म भावनाको कदर गर्न जरुरी रहेको सुनाए। उनले गाउँपालिले ल्याएको नीति तथा कार्यक्रम र समन्वय सम्मान योग्य भएको उल्लेख गर्दै जनताले खबरदारी गर्न जरुरी रहेको समेत बताए।उनले आफुले ५ बर्षीय संसदीय कार्यकालमा यस भुगोलको सम्रग कृषि, स्वास्थ्य र रोजगार र भौतिक निर्माणको पक्षमा सधै उभिने प्रतिवद्धता व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी निवर्तमान राज्यमन्त्री चेपाङले सम्बोधनका क्रममा स्थानीय तहको सम्रगमा विकासमा राजनैतिक मतभेत राख्न नहुने,मतभेदले राजनैतिक धुव्रिकरण बढने बताउदै धुव्रिकरणले विकास नहने भन्दै राजनैतिक मतभेदलाई त्यागेर विकास निर्माणमा लाग्न आग्रह गरेका थिए।उनले आफु राज्यमन्त्री रहुदा गाउँपालिका शिक्षा,स्वास्थ्य, भौतिक विकासलागि बजेट अहिले सम्मकै उच्च बजेट विनियोजन गरेको समेत बताए।
सभालाई गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ,वडा नम्बर ४ का वडाअध्यक्ष संजय कोइराला,माओवादी केन्द्र राक्सिराङ अध्यक्ष हस्त बहादुर मोक्तान लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्ष,सदस्य र कार्य पालिका सदस्य विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।
त्यसैगरी आज सम्पन्न १३ औ हिउँदे अधिवेशनले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने, गाउँ सभा अन्तर्गत विधायन समिति, लेखा समिति, र सुशासन समिति गठन गर्ने र चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा र गाउँ सभाबाट अनुमोदन गर्ने गरि ७ वटा प्रस्तावहरु सर्वसहमतिले पारित गरेको छ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















