Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा

kamal-thapa-htd6-1511245856.jpg


५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको लडाई कोहीसंग नभई लोकतन्त्रको रक्षा र युवाहरुमा शिपमुलक रोजगारी सृजना गर्नका लागि भएको  बताएका छन ।

हेटौडा उपमहानगरपालीका वडा  नम्बर ५को शान्तिनगर र ६ को कुमाल्टार मा संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समितिले आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले आङ्खनो ५ दशक लामो राजनितिक यात्रामा विकास आङ्खनो लागि पर्यावाची रहेको बताउदै देशमा धार्मिक,शैक्षिक र आर्थिक गतिविधिमा आघात पुगेकोले लोकतान्त्रिक गठबन्धनको आवश्य रहेको बताए । उनले  बामपन्थीहरुसंग लोकतान्त्रिक परिपाटि नभएको प्रति कटाक्षय गर्दै लोकतान्त्रिक परिपाटि नभएकाले कसरी देश,समाजको विकास र्गछन भन्ने प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै मकवानपुरको विकासमा आफुले  हारे पनि जिते प्रतिवद्ध रहेने  बताए ।  

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने भन्दै अब मकवानपुरमा विकास गर्न र जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्न लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए । साथै शाक्यले लोकतान्त्रिक गठबन्धनको जित विकासको लागि भन्दै मकवानपुरमा औद्योगिक,कलकारखानाको विकास हुन नसकेकोले जिल्लामा आर्थिक क्रान्ति आवश्यक रहेक र यो  विकासको र सिप,रोजगारीको लडाई भएको बताउदै आर्थिक क्रान्तिको लागि आफु सधै लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।  

 देब बहादुर राई र राजेश बानियाको सभाध्यक्षतामा भएको सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका , राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, नेपाली काँग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाइ ,नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, राजिव सुवेदी ,राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा, राप्रपाका क्षेत्रिय अध्यक्ष ध्रर्वसंजेल, वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतकाको  उपस्थिति रहेको थियो ।  साथै लोकतान्त्रिक गठबन्धनले उम्मेदवार सहित हेटौँडा ६ को कल्यानटार,पुतलीबजार सहित र हेटौँडा ५ र ४ नम्बर वडाका शान्तिनगर,हुप्राचौर, भैरवरोड  लगायतको स्थानमा र्‍याली सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

ashok-htd-5-1511245856.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार