५ मंसिर ,हेटौंडा । आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
मंगलबार हेटौंडा–४ स्थित सितलमहल चोकमा भएको कोणसभामा सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म बन्ने हैसियतका भएको भन्दै मकवानपुरको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन्।
धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाए । मकवानपुरको विकासको लागि सामुहिक प्रतिबद्धता प्रश्तुत गरिएको भन्दै उनले सम्पूर्ण रोगको उपचार हेटौंडामा नै हुनेगरी हेटौंडा अस्पताललाई ३ सय शैयाको बनाउने कार्य सुरु भैसकेको जानकारी दिए । यस्तै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनले बताए । लोकतान्त्रिक गठबन्धन कसैको बिरुद्धमा नभएको तर्क प्रस्तुत गर्दै उनले वाम गठबन्धनका नेताहरुले दिएको अभिव्यक्तीले आम जनतामा आशंका पैदा भैरहेको बताए । प्रजातन्त्रको रक्षा र मुलुकको विकासको लागि लोकतान्त्रिक गठबन्धनकाउम्मेदवारलाई मतदान गर्नुपर्ने थापाको भनाई छ ।
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को ‘ख’ का उम्मेदवार अशोक शाक्यले वाम गठबन्धनले नेपाललाई कता लैजान्छ भन्ने अन्यौलको अवस्था सृजना भएपछि लोकतान्त्रिक शक्तिहरु एक भएको उनले बताए । लोकतान्त्रिक गठबन्धनले हारेमा मुलुकमा लोकतन्त्र खतरामा पर्ने निश्चित रहेको भन्दै कम्युनिष्टहरुले १५ बर्ष लालकिल्ला बनाएको मकवानपुमा विकासको नाममा सिन्को नभाँचेको बताए । ‘अहिले मैले यो गरेँ मलाई भोट देउ’ भन्ने नैतिकता समेत वाम गठबन्धनका उम्मेदवारमा छैन’ शाक्यले भने, ‘यसपटक हामीलाई जिताउनूस् विकास भनेको कस्तो हुन्छ हामी देखाउँछौँ । एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नमा व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गरे ।
वडा नम्बर ४ का प्रचारप्रसार समिति संयोजक हरि पौडेलको अध्यक्षतामा भएको कोणसभामा राप्रपा मकवानपुरका राप्रपा केन्द्रिय सदस्य दिपक सिंह, मधु अधिकारी, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















