२१ माघ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग एवम् मनहरी गाउँपालिकाको कार्यालय र मनहरीको ४ नम्बर वडाको समन्वयमा भएको शिविरमा सुगर, प्रेसर र नसा सम्बन्धि रोगका विरामी बढी भेटिएका थिए ।
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले बार्षिकोत्सवको अवसरमा मनहरी गाउँपालिका स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । गाउँपालिकाका विपन्न परिवारका लागि गरिबसंग विश्वेश्वर स्वास्थ्य कार्यक्रम लागू गरेको जानकारी दिँदै उनले आगामी दिनमा आवश्यकता अनुसार गरिब एवम् विपन्नको क्षेत्रमा कार्यक्रम निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा चुरेहिल अस्पतालका फिजिसियन डा. सन्जयकुमार गुप्ताले शिविरमा दिइने सेवाको बिषयमा जानकारी दिँदै जटिल समस्याका बिरामीलाई उपचारमा थप छुट दिइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मनहरी गाउँपालिका कार्यपालिका सदस्य मिरा गौतम, वडा सदस्य दिनेश प्रजा, दिव्यतारा सहकारी सचिव इश्वर पन्डित, फिजिसियन डा. सन्जयकुमार गुप्ता, जनरल सर्जन डा. सरोज प्रधान, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजिवकुमार सिंह, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, पशुपतिनाथ मावि अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।
भोली शनिबार सप्ताहव्यापी कार्यक्रमको समापन हुँदैछ । समापनको क्रममा जिल्लाका दुईजनालाई नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरिने रेडियोका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए ।
१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ...
१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...
१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...
१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...
१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...
१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...
१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...
१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...
११ असोज,हेटौंडा । हेटौंडामा एक व्यक्तिले आफ्ना बाबुआमा र भाईलाई चिरपट प्रहार गरी घाइते बनाएका छन् । हेटौंडा -३...