Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मनहरी गाउँपालिका

मनहरी ४ मा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण

328676282_138810360198144-1675516648.jpg

२१ माघ, मनहरी मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा शनिवर १५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग एवम् मनहरी गाउँपालिकाको कार्यालय र मनहरीको ४ नम्बर वडाको समन्वयमा भएको शिविरमा सुगर, प्रेसर र नसा सम्बन्धि रोगका विरामी बढी भेटिएका थिए । 
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले बार्षिकोत्सवको अवसरमा मनहरी गाउँपालिका स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । गाउँपालिकाका विपन्न परिवारका लागि गरिबसंग विश्वेश्वर स्वास्थ्य कार्यक्रम लागू गरेको जानकारी दिँदै उनले आगामी दिनमा आवश्यकता अनुसार गरिब एवम् विपन्नको क्षेत्रमा कार्यक्रम निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा चुरेहिल अस्पतालका फिजिसियन डा. सन्जयकुमार गुप्ताले शिविरमा दिइने सेवाको बिषयमा जानकारी दिँदै जटिल समस्याका बिरामीलाई उपचारमा थप छुट दिइने प्रतिबद्धता जनाए । 
कार्यक्रममा मनहरी गाउँपालिका  कार्यपालिका सदस्य मिरा गौतम, वडा सदस्य दिनेश प्रजा, दिव्यतारा सहकारी सचिव इश्वर पन्डित, फिजिसियन डा. सन्जयकुमार गुप्ता, जनरल सर्जन डा. सरोज प्रधान, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजिवकुमार सिंह, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, पशुपतिनाथ मावि अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो । 
भोली शनिबार सप्ताहव्यापी कार्यक्रमको समापन हुँदैछ । समापनको क्रममा जिल्लाका दुईजनालाई नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरिने रेडियोका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1778631985.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

प्रतिनिधिसभाका सचिव राई पदबाट हटाइए
Harkaraj_rai-1778599721.jpg

२९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्...

इन्द्रसरोबरमा इभी भ्यान दुर्घटना, ९ घाइते
EV-Accident-1778558479.jpg

२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
img-04-(2)-1778548848.jpg

२९ बैशाख, हेटौंडा । सरकारले निजामति कर्मचारीको दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg