८ कार्तिक, हेटौँडा । अबैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ ।
शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश गरेको हो । खानीमा उत्खनन् गर्नका लागि विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कार्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित शुक्रबार जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको छ । जिल्ला वन कार्यालय मकवानपुरको टोलिले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको जनाईएको छ ।
शिवम्ले संचालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक वडामा रहेको जनाईएको छ । जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरेपनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाईमा संलग्न भएको आशंका गरेका थिए । स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न आग्रह गरेका छन् । वन कार्यालयले नियमित अनुगमन गर्न थालेपछि शिवम्ले स्थानीय संचारमाध्यमलाई प्रभावित गर्न ३ हजार रुपैँयाको विल पेश गरेर भुक्तानी लिन फोन गरेको थियो ।
विगतमा स्थानीय संचारमाध्यमलाई वेवास्ता गर्ने शिवमले विज्ञापन नै प्रकाशन, प्रशारण नगरी विल मागेपछि शिवमले कुनै कालो कर्तुत लुकाउन संचारमाध्यमलाई प्रयोग गर्न खोजेको भन्दै धेरै संचारमाध्यमहरुले विल पेश गरेका थिएनन् ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















