Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

मनहरी गाउँपालिका

१८०५ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै मनहरी

Manahari-Gaupalik-Bhawan-1676768081.jpg

७ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।
पालिकाले गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट तत्काल आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई स्वास्थ्य विमा गर्नेगरि निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखोतीले जानकारी दिए ।
‘चुनावका बेला हामीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने वाचा गरेका थियौं । सोहि प्रतिवद्धता अनुरुप स्वास्थ्य विमा मार्फत विपन्न परिवारलाई स्वास्थय सेवाको पहुँचमा ल्याउँने एउटा सानो प्रयास गरेका छौं । हामीले यहाँ गर्नुपर्ने धेरै छ, सबै कुरा विस्तारै गर्छौं ।’ अध्यक्ष कालाखेतीले भने ।
चालू आर्थिक बर्षमा २ हजार घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउँने लक्ष्य रहेपनि पहिलो चरणमा १८ सय ५ जनाको मात्रै विमा गर्ने निर्णय गरको अध्यक्ष कालाखेतीले बताए । 
पालिकाले गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षमा विनियोजित रकमबाट प्रतिपरिवार ३ हजार ५ सयका दरले १८ सय ५ परिवारको जम्मा ६३ लाख १७ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्ने भएको छ ।
अध्यक्ष कालाखेतीले विनियोजित बजेटबाट अझै १९५ परिवारको स्वास्थ्य बीमा गर्न बाँकी रहेको र छनौट प्रक्रिया सकिएपछि उनीहरुको पनि स्वास्थ्य विमा गर्ने जानकारी दिए ।
पालिकाको निर्णय अनुसार वडा नं १ बाट १९९, २ बाट २३०, ३ बाट २०४, ४ बाट १२६, ५ बाट २०९, ६ बाट २२०, ७ बाट २१५, ८ बाट २०२ र ९ बाट २०० परिवार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार