१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् ।
गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन भएकी मनहरी–४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँग भेट गर्दै बानियाँले जनावरको आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुरोध गरिसकेको जानकारी दिए ।
नेता बानियाँले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थोरै भएको उनको भनाई थियो ।
आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द बढ्दै गएको नेता बानियाँको भनाई छ । घाँस, दाउरा, खेतीपातीको काममा महिलाको संलग्नता बढि रहेको कारण जनावरको बढि जोखिममा महिलाहरू रहेको भन्दै उनले सुरक्षित भएर काम गर्न पनि सुझाव दिए । नेता बानियाँले पर्सा राष्ट्रिय निकुञ्ज पदमपोखरी सेक्टर कार्यालय लामिटार पुगेर आक्रोशको बिचमा पनि संयमता अपनाएकोमा सेनालाई धन्यवाद दिएका छन् ।
पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्यौपाने, रमेश पुरी, मनहरी–८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी–३ का वडाध्यक्ष अनन्त अर्याल लगायत पुगेका थिए ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...