Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः डिना  

बाम गठबन्धनका  तीनसयभन्दा बढी  काँग्रेसमा प्रवेश

dina-aambhanjyang-9mansir-1511607446.jpg

 ९ मंसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुर जिल्लामा रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताइन् ।

शनिबार मकवानपुरगढी गाउँपालिका ५ साविक आमभञ्ज्याड्ड–३ धादिङ्मा संयुक्त लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डिनाले विकासको काममा महिलाको भूमिका महत्वपूर्ण रहने भएकोले हरेक गाउँपालिका निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने बताएकी छिन् । हरेक गाउँपालिकामा महिलालाई जागरुक र सक्रिय बनाउँन चाहन्छु ।’ डिनाले भनिन्–‘महिलालाई मध्यनजर गरेर मकवानपुरको गाउँपालिकामा सीप विकास केन्द्र स्थापना गर्ने छु । लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताउँदै डिनाले ९० लाखको लगानीमा कोगटे, बुढीचौर, इपा जोड्ने सडकको बाटो निर्माणको कार्य चुनाव लगत्तै सुरु हुने बताईन  ।  

प्रतिनिधिसभा क्षेत्र नम्वर २ ‘क’का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले आमभञ्ज्याड्डलाई दुग्ध तथा तरकारीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए । राप्रपा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार दिपक सिंले लोकतन्त्रलाई  संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए ।  नेपाली काँग्रेस आमभञ्ज्याङगाउँ इकाई सभापति एटबहादुर बस्नेतकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रबाट गढी गाउँपालिका वडा नम्बर ५ का सदस्यका उम्मेदवार चन्द्रमति सानु महर्जन, बद्रीप्रसाद बजगाई, भीमबहादुर दोङ्ग सहित नेकपा एमाले  र माओवादी केन्द्रका ३०२ जना कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा  क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपान, प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद संजेल, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य भीमसेन महतल,  नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, मुकुन्द न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । 
 

prabesh-1511607446.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार