Email :- prastakhabar@gmail.com
राक्सिराङ गाउँपालिका

घरघर पुगेर सेवा दिदै मकवानपुरको राक्सिराङ गाउँपालिका

FB_IMG_1678782728286-1678782980.jpg

स्थानीयको स्वास्थ्य अवस्थाको जानकारी लिदै राक्सिराङ अध्यक्ष राज कुमार मल्ल

३०फागुन,हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर घर पुगरे सेवा दिएको छ।  आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले  गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको हो।घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो।

‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले सोमबार ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरिएको हो । ४ नम्बर वडा कार्यालयमा पुगी सोमबार एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले गाउँघरमै ल रुपमा पुगी घुम्ती शिविरमार्फत सरसेवा प्रदान गरेका हुन् ।ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । सोमबार मात्रै ६ वटा परिवारलाई घरघरमै जस्तापाता पु¥याइएको मल्लले बताए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामाग्रीहरुसमेत हस्तान्तरण गरेका थिए ।सोमबारको एकीकृत शिविरमा २१९ जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो भने २०४ जनाले आयुर्वेद सेवाका साथै औषधि प्राप्त गरेको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । शिविरमा गर्भवतीलाई भिडियो एक्सरेका साथै पोषिलो पीठो वितरणसमेत गरिएको थियो । ११ जना गर्भवतीले उक्त सेवा लिएका थिए ।५ जना महिलालाई परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको थियो । 

कृषि र पशुतर्फ २०० जनाभन्दा बढीले सेवा लिएका थिए। पशु सेवातर्फ गाई भैंसी, बाख्रा कुखुराका औषधिहरु र कृषितर्फ ७ थरीका तरकारीका बिउहरु निशुल्क वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए । एकीकृत शिविरअन्तर्गत नै ४ नम्बर श्री आधारभूत विद्यालयको घेराबार तथा तारजाली योजनाको अनुगमन गरी स्थलगत रुपमै भुक्तानी दिइएको थियो । सोमबार नै ४ नम्बर वडाका विभिन्न विद्यालयको अनुगमनसमेत गरिएको उपाध्यक्ष वनस्तम थिङले बताए । गाउँपालिकाले चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको आयोजना गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिएका छन्।

FB_IMG_1678782734276-1678783052.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार