११ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले वाम गठबन्धनको विजयपछि देशमा भइरहेको अस्थिरता हट्ने बताएका छन् ।
देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउने उनको भनाई छ । मंगलबार बकैया १० मन्थलीमा भएको चुनाबी आमसभामा बोल्दै नेता दाहालले वाम गठबन्धनलाई अधिनायकवाद भन्नु हास्यास्पद भएको बताए ।
यस्तै प्रदेश सभा क का उमेद्वार प्रेमबहादुर पुलामीले जनताको आर्थिक समृद्धिका लागि आफु फेरि एकपटक जनप्रतिनिधि बन्न उम्मेदवार भएको बताए । उमेद्वार पुलामीले विकास निर्माणमा आफु जनप्रतिनिधि हुदाँ र नहुदाँ पनि जनताकै साथमा रहेकाले आगामी दिनमा थप सकृय भएर लाग्ने बताए ।
यसैगरी आमसभाबाट मन्थलीका पूर्ब उपप्रधान पञ्च तथा वडा नम्बर १० का राप्रपाका वडाध्यक्ष वीरबहादुर वाइवाको नेतृत्वमा ५० जना वामगठबन्धनमा प्रवेश गरेका छन् । १० नम्बर वडा निर्बाचन परीचालन कमिटिका संयोजक रामबहादुर गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि संयोजक बद्रि लम्साल, प्रदेश क संयोजक कमानसिंह पाख्रिन, नेता प्रल्हाद लामीछाने, समानुपातिक उमेद्वार मानकुमारी नेपाली लगायत एमाले तथा माओबादि कार्यकर्ताहरु सहभागी थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















