१७ चैत,हेटौंडा । उमेरले एक दशक काटिसकेकी बुद्धरानी चेपाङ बिहीबार निकै खुशी भइन।उनी खुशी हुनुको कारण गाउँ सरकारका प्रमुख पौष्टिक खाने कुरा र डाक्टर सहित उनलाई भेटन घरमै पुगे।
मकवानपुरको राक्सिराङ–७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी नै । गाउँमै जन्मिएर जीवनको झण्डै सवा सताब्दी काटिसकेकी बुद्धरानी कटुसले बारिएको हेर्दा शौचालय जस्तै देखिने सानो कटेरोमा जीवन काटिरहेको दृश्यले जोकोहीको मन भक्कानिन्छ ।
उसै त गरिबी र विपन्नता त्यसैमाथि आफ्नो सन्तान नभएपछि आफ्नी सौताकी नातिनी ज्वाईंको सहारामा बाँचिरहेकी छन् उनी । चेपाङ भाषामा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो । आफ्ना सन्तान नभएपछि उनी बिगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईं जतनलालको सहारामा जीवन कटाइरहेकी छन् ।
उनको पाखो बारीमा हुने उब्जनीले ३ महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्याला मजदुरी गरी कमाएर मुस्किलले सासुआमासहित ९ जनाको परिवार पाल्दै आएका छन् । गरिबी र विपन्नताको चपेटामा झण्डै सवा सताब्दी कटाइसकेकी उनै बुद्धरानी र उनको परिवारलाई भेट्न बुधबार गाउँपालिकाका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेपछि उनीहरु दंग परे ।
गाउँपालिकाका अध्यक्ष आउँदै गरेको थाहा पाएर जतनलालले आफ्नी सासुआमालाई कटुसले बारिएको कटेरोबाट उठाएर टिनको छानोयुक्त घरतिर सारे ।
फिजिसिएन डाक्टरसहितको टोलीद्धारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामाग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्साहरु देखिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामाग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन् ‘मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?’ जवाफमा मल्लले हास्दै भने–‘तपाईले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।’ चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।
बुद्धरानीको नागरिकतासमेत बनेको छैन । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत खान नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलब भत्ताबाट मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल २ हजार रुपैयाँसमेत हातमा थमाए । गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकताबिहीनको नागरिकता बनाई भत्ता दिलाइदिने प्रतिवद्धतासमेत जनाए । कटुसको झुप्रोमा राख्ने गरेको थाहा पाएका गाउँपालिका अध्यक्ष मल्लले सासु आमालाई राम्रो स्याहार सुसार र हेरचाह गर्न उनका नातिनी ज्वाईंलाई सम्झाए । नियमित मासिक २ हजार रुपैयाँसहित आवश्यक खाद्यान्न र कपडाहरु नियमित उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।
बुद्धरानी जस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरुको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवा दिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवाहरु लिएर जाने अभियान सञ्चालन गरेको राक्सिराङ गाउँपालिकाले आम गाउँबासीबाट स्याबासी पाइरहेको छ । एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा दिन मंगलबार राक्सिराङ ६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले एक दर्जन ज्येष्ठ नागरिकलाई भेटघाट गरी उनीहरुको स्वास्थ्य उपचारसमेत गरेको छ ।
शिविरमार्फत ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामाग्री वितरण, स्वास्थ्य जाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरिएको थियो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।
एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । मंगलबार राक्सिराङ ७ स्थित जुरेथुममा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरणका साथ स्थानीयलाई तरकारीका बिउ वितरण, पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ ७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत गाउँपालिकाले प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नको लागि गाउँमा नै ६ थान सिलाई मेसिनसमेत पु¥याइएको थि
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















