Email :- prastakhabar@gmail.com
राजनीति

जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश

मकवानपुर अब लोकतान्त्रिकको गढ : थापा

KT-Nepal-1511872481.jpg

१२ मंसिर, हेटौँडा । राप्रपाका अध्यक्ष एवं प्रतिनिधि क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले मकवानपुर अब लोकतान्त्रिक शक्तिको गढ हुने दावि गरेका छन् ।

बकैयाको छतिवन जुरेलीमा आयोजित चुनावी सभामा बोल्दै नेता थापाले बामगठबन्धनले बर्षौदेखि जितेर पनि जनताको सुखदुःखमा साथ नदिएका कारण यसपटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताए । 

आफुले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनः सहयोगका लागि आग्रह गरे । उनले यसअघिको निर्वाचनमा विजय हासिल गरेका नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले क्षेत्र नम्बर १ मा देख्न सकिने विकास गरेको भन्दै यसको निरन्तरता आफुहरुले मिलेर दिने बताए । मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने अधिकार बानियाँलाई रहेपनि राष्ट्रिय राजनीतिमा देखिएको अधिनायकवादी प्रवृत्ति रोक्नका लागि मिलेर अघि बढ्नु परेको थापाको भनाई थियो ।

उनले मकवानपुरको विकास गर्न सक्ने पार्टी र उम्मेदवार लोकतान्त्रिक गठबन्धनमै रहेकाले मतदाताले पनि आफुहरुलाई सहयोग गर्नेमा आफु ढुक्क रहेको बताए । उनले निर्माणाधिन हेटौँडा–धरान–चतरा सडक, फाष्ट ट्रयाक, कान्तिलोकपथ लगायतका काम सम्पन्न गर्न पहल गर्ने, हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने, प्रत्येक वडामा मोटरबाटो पुर्याउने लगायतका अठोट लोकतान्त्रिक गठबन्धनको रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसधा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले अहिले हिंसा रोज्नेहरुले बामगठबन्धन गरेको भन्दै शान्तिप्रिय जनताले लोकतान्त्रिक गठबन्धन रोज्ने बताए । उनले आफु भाषण भन्दा काम गर्ने नेता भएको भन्दै आफुले जित्दा मकवानपुर क्षेत्र नम्बर १ मा ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । उनले बाँकी रहेका प्र्रतिवद्धता राप्रपा अध्यक्ष कमल थापा, प्रदेश उम्मेदवार धर्मराज लामिछाने र आफु मिलेर पुरा गर्ने समेत बताए । उनले आफु क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि निर्वाचन पछि क्षेत्र नम्बर १ मा २० करोड रुपैँया बराबरको योजना अघि बढाउने तयारीमा रहेको दावि समेत गरे । 

कम्युनिष्टहरु गरिवका कुरा गरेर आफुमात्रै धनी बन्ने सोचका साथ अघि बढ्ने गरेको भन्दै कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफुहरु जनतालाई नै धनी बनाउने पार्टी भएको समेत बताए । नेपाली कांग्रेस छतिवन गाउँ सभापति भुमिनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का उम्मेदवार धर्मराज लामिछाने, समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस क्षेत्रीय सभापति दामोदर खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, हर्नामाडिको रामधुनी र हटियाको चिसापानीमा पनि लोकतान्त्रिक गठबन्धनको चुनावी सभा भएको छ ।

जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश
लोकतान्त्रिक गठबन्धनको दुई छुट्टाछुट्टै चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी ३ सय जना भन्दा बढि लोकतानित्रक गठबन्धनमा प्रवेश गरेका छन् । जुरेलीमा भएको सभामा माओवादी केन्द्रको जिल्ला सदस्य एवं बकैया १ का निर्वाचन परिचालन समिति संयोजक मिलन योञ्जन, माओवादी निकट ट्रेड युनियनका पूर्व केन्द्र्रीय सदस्य गणेश बञ्जारासहित २ सय २३ जना लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् । हर्नामाडीमा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मकवानपुरगढी १ नम्बर का वडा सदस्य उम्मेदवार दुर्गाबहादुर सिन्तानको नेतृत्वमा १ सय २ जना प्रवेश गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार