Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश

मकवानपुर अब लोकतान्त्रिकको गढ : थापा

KT-Nepal-1511872481.jpg

१२ मंसिर, हेटौँडा । राप्रपाका अध्यक्ष एवं प्रतिनिधि क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले मकवानपुर अब लोकतान्त्रिक शक्तिको गढ हुने दावि गरेका छन् ।

बकैयाको छतिवन जुरेलीमा आयोजित चुनावी सभामा बोल्दै नेता थापाले बामगठबन्धनले बर्षौदेखि जितेर पनि जनताको सुखदुःखमा साथ नदिएका कारण यसपटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने बताए । 

आफुले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनः सहयोगका लागि आग्रह गरे । उनले यसअघिको निर्वाचनमा विजय हासिल गरेका नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले क्षेत्र नम्बर १ मा देख्न सकिने विकास गरेको भन्दै यसको निरन्तरता आफुहरुले मिलेर दिने बताए । मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने अधिकार बानियाँलाई रहेपनि राष्ट्रिय राजनीतिमा देखिएको अधिनायकवादी प्रवृत्ति रोक्नका लागि मिलेर अघि बढ्नु परेको थापाको भनाई थियो ।

उनले मकवानपुरको विकास गर्न सक्ने पार्टी र उम्मेदवार लोकतान्त्रिक गठबन्धनमै रहेकाले मतदाताले पनि आफुहरुलाई सहयोग गर्नेमा आफु ढुक्क रहेको बताए । उनले निर्माणाधिन हेटौँडा–धरान–चतरा सडक, फाष्ट ट्रयाक, कान्तिलोकपथ लगायतका काम सम्पन्न गर्न पहल गर्ने, हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने, प्रत्येक वडामा मोटरबाटो पुर्याउने लगायतका अठोट लोकतान्त्रिक गठबन्धनको रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसधा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले अहिले हिंसा रोज्नेहरुले बामगठबन्धन गरेको भन्दै शान्तिप्रिय जनताले लोकतान्त्रिक गठबन्धन रोज्ने बताए । उनले आफु भाषण भन्दा काम गर्ने नेता भएको भन्दै आफुले जित्दा मकवानपुर क्षेत्र नम्बर १ मा ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । उनले बाँकी रहेका प्र्रतिवद्धता राप्रपा अध्यक्ष कमल थापा, प्रदेश उम्मेदवार धर्मराज लामिछाने र आफु मिलेर पुरा गर्ने समेत बताए । उनले आफु क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि निर्वाचन पछि क्षेत्र नम्बर १ मा २० करोड रुपैँया बराबरको योजना अघि बढाउने तयारीमा रहेको दावि समेत गरे । 

कम्युनिष्टहरु गरिवका कुरा गरेर आफुमात्रै धनी बन्ने सोचका साथ अघि बढ्ने गरेको भन्दै कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफुहरु जनतालाई नै धनी बनाउने पार्टी भएको समेत बताए । नेपाली कांग्रेस छतिवन गाउँ सभापति भुमिनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का उम्मेदवार धर्मराज लामिछाने, समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस क्षेत्रीय सभापति दामोदर खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, हर्नामाडिको रामधुनी र हटियाको चिसापानीमा पनि लोकतान्त्रिक गठबन्धनको चुनावी सभा भएको छ ।

जिल्ला सदस्यसहित ३ सय बढि प्रवेश
लोकतान्त्रिक गठबन्धनको दुई छुट्टाछुट्टै चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी ३ सय जना भन्दा बढि लोकतानित्रक गठबन्धनमा प्रवेश गरेका छन् । जुरेलीमा भएको सभामा माओवादी केन्द्रको जिल्ला सदस्य एवं बकैया १ का निर्वाचन परिचालन समिति संयोजक मिलन योञ्जन, माओवादी निकट ट्रेड युनियनका पूर्व केन्द्र्रीय सदस्य गणेश बञ्जारासहित २ सय २३ जना लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् । हर्नामाडीमा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मकवानपुरगढी १ नम्बर का वडा सदस्य उम्मेदवार दुर्गाबहादुर सिन्तानको नेतृत्वमा १ सय २ जना प्रवेश गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार