फाईल फोटो
१३ मंसिर ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गरी पर्यटनकीय क्षेत्र बनाईने बताईन।
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङडाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि दामन आउने भएकाले यस क्षेत्रलाई पर्यटक स्थलको रुपमा विकास गर्नुपर्ने औल्याएकी थिइन् । थाहानगरमा पर्यटकसँग सँगै रेमिट्यान्स पनि भित्रिने भएकोले देशको आर्थिक अवस्था पनि वृद्धि हुने डीनाले
बताइन् । ‘राजनीतिमा महिला सहभागिता विशेष भूमिका रहन्छ’ डिनाले भने –‘मकवानपुर रहेको गाउँपालिकामा सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने छाँै ।’ प्रजातन्त्र पुनस्थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको डिनाले बताइन् । संविधान र लोकतन्त्र जोगाउनको लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको उनको दाबी छ ।
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन तथा तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने बताए ।
नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपानेले लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति भएपनि लोकतन्त्र गठबन्धनले जित्नु अपरिहार्य रहेको बताए । उनले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन् । बुधबार लोकतान्त्रिक गठबन्धनले कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली काँग्रेस थाहानगरपालिका–५ का सभापति भीमबहादुर लामाको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने, नेपाली काँग्रेस मकवापनुर २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेल, राप्रपा थाहानगरका सभापति हरेराम कार्कीलगायतको आतिथ्यता रहेको थियो । बुधबार चुनावी अभियान अन्तरर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका– ६ स्थित बज्रवाराहीमा कोणसभा तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...