१३ मंसिर ,हेटौँडा। मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा बानियाँ हाडीखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को २९ख० बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार घरदैलो गर्न हाडीखोला पुगेका हुन् ।
घरदैलो कार्यक्रममा बोल्दै बानियाँ पत्नि दीपाले मकवानपुरको क्षेत्र नम्बर १ मा गरेको वाचाहरु करिब पूरा गरेपछि पछि परेको मकवानपुर क्षेत्र नम्बर २ को विकासका लागि आफ्नो पति यस क्षेत्रमा आएको भन्दै एकपटक जिताएर वास्तविक विकास हेर्न अनुरोध गरे । हामी बोल्नरभाषण गर्न त्यत्ती जान्दैनौ, यहाँको समस्याको बिषयमा जानकारी गराउनुहोला, बानियाँले भनिन्,काङ्ग्रेस र इन्द्र बानियाँबाट हुन सक्ने सबै समस्याको समाधान हुनेछ । महिलाको क्षेत्रमा रहेको समस्याको बिषयमा आफूलाई धेरै जानकारी भएको भन्दै उनले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिन । यस्तै गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मनहरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका नेता शंकर न्यौपानेले आफू चुनावमा पराजित भएपनि स्थानीयको सुखदुःखमा सङ्गै रहेको बताउदै मन्त्रीदेखि मुख्य मन्त्री बन्न सक्ने उम्मेदवार क्षेत्र नम्बर २ ले पाएकोले एकपटक काङ्ग्रेसलाई जिताउन अनुरोध गरे । यस क्षेत्रबाट पटक पटक कम्युनिस्टहरुले जिते, तपाईंको यस क्षेत्रको विकासमा के कति काम भयो मुल्यांकन गर्न अनुरोध गर्दै हेटौंडाबाट नजिकै रहेर पनि विकट झै रहेको यस क्षेत्रको विकासको लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
घरदैलोमा काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आन्नद राम पराजुली पत्नी लता पराजुली, काङ्ग्रेस नेताहरु शैलेन्द्र बानिया, प्रकाश न्यौपाने, साविक हाडीखोलाका काङ्ग्रेस सभापती चन्द्रबहादुर न्यौपाने, वडाका प्रचारप्रसार संयोजक पवन खड्कालगायतकाको उपस्थिति थिए ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...