Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काङ्ग्रेसलाई जिताउन बानियाँ पत्नी हाडीखोलामा 

24259651_1495376470576869-1511965150.jpg

१३ मंसिर ,हेटौँडा। मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा बानियाँ हाडीखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को २९ख० बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार घरदैलो गर्न हाडीखोला पुगेका हुन् ।

घरदैलो कार्यक्रममा बोल्दै बानियाँ पत्नि दीपाले मकवानपुरको क्षेत्र नम्बर १ मा गरेको वाचाहरु करिब पूरा गरेपछि पछि परेको मकवानपुर क्षेत्र नम्बर २ को विकासका लागि आफ्नो पति यस क्षेत्रमा आएको भन्दै एकपटक जिताएर वास्तविक विकास हेर्न अनुरोध गरे । हामी बोल्नरभाषण गर्न त्यत्ती जान्दैनौ, यहाँको समस्याको बिषयमा जानकारी गराउनुहोला, बानियाँले भनिन्,काङ्ग्रेस र इन्द्र बानियाँबाट हुन सक्ने सबै समस्याको समाधान हुनेछ । महिलाको क्षेत्रमा रहेको समस्याको बिषयमा आफूलाई धेरै जानकारी भएको भन्दै उनले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिन । यस्तै गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मनहरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका नेता शंकर न्यौपानेले आफू चुनावमा पराजित भएपनि स्थानीयको सुखदुःखमा सङ्गै रहेको बताउदै मन्त्रीदेखि मुख्य मन्त्री बन्न सक्ने उम्मेदवार क्षेत्र नम्बर २ ले पाएकोले एकपटक काङ्ग्रेसलाई जिताउन अनुरोध गरे । यस क्षेत्रबाट पटक पटक कम्युनिस्टहरुले जिते, तपाईंको यस क्षेत्रको विकासमा के कति काम भयो  मुल्यांकन  गर्न अनुरोध गर्दै   हेटौंडाबाट नजिकै रहेर पनि विकट झै रहेको यस क्षेत्रको विकासको लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

घरदैलोमा काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आन्नद राम पराजुली पत्नी लता पराजुली, काङ्ग्रेस नेताहरु शैलेन्द्र बानिया, प्रकाश न्यौपाने, साविक हाडीखोलाका काङ्ग्रेस सभापती चन्द्रबहादुर न्यौपाने, वडाका प्रचारप्रसार संयोजक पवन खड्कालगायतकाको उपस्थिति थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार