१४ मंसिर, हेटौँडा । हेटौडा ४ कर्रामा कलाकार सहित एकसय ४५ जना युवाहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् ।
बिहीबार दिउँसो नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । कलाकार हिना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् ।
निर्वाचन परिचालन समिति वडा संयोजक हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार एवम् राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिँह, प्रदेशसभा सदस्य पदका उम्मेदवार अशोक शाक्य, काँग्रेसका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, कार्यबाहक सभापति बिष्णु लामिछाने, राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, काँग्रेस नेता उमा दाहाल, प्रदीप कोइराला, राप्रपा नेता सिताराम बर्तौलालगायतले उनीहरुलाई टीका र माला लगाएर लोकतान्त्रिक गठबन्धनमा स्वागत गरेका हुन् । प्रचारप्रसार समिति संयोजक रेशम श्रेष्ठ एवम् काँग्रेसका स्थानीय युवा नेता युवराज लामाको समन्वयमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुले बाम गठबन्धले भ्रमको खेती गरेको र लोकतान्त्रिक गठबन्धनसंग सच्चा राष्ट्रबाट भएकोले लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेको बताए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















