१५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका १ र २ नम्बर वडा हाँडीखोलामा ४ सय ६० जनालाई काँग्रेस प्रवेश गराएका छन् । बिहीबार बिहान भएको चुनावीसभा कार्यक्रममा मनहरी १ बाट एमालेका नेता रघुनाथ अधिकारीको नेतृत्वमा १ सय ५१ जना र २ नम्बर वडामा ३ सय ९ जना एमाले तथा माओवादी केन्द्रका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेबाट काँग्रेस प्रवेश गरेका अधिकारीलाई बानियाँले जिल्ला सदस्यमा मनोनित गरेको घोषणा गरे । काँग्रेसप्रति बढेको जनविश्वास र काँग्रेसको नेतृत्वमा भएको परिवर्तन एवम् विकास नै जिल्लामा लोकतान्त्रिक गठबन्धनको जितको आधार भएको उल्लेख गर्दै उनले काँग्रेसले जनताको मतको कदर गर्ने बताए । ‘मतदान भनेको आत्मदान हो, तपाइँले गरेको आत्मदानलाई काँग्रेसले उपेक्षा गर्ने छैन । अबको चुनावमा ढुक्क भएर काँग्रेसको पक्षमा मतदान गर्नूहोस्’, बानियाँले भने, ‘यस क्षेत्रको विकासको बिषयमा चुनावको समयमा मैले गरेको वाचा पूरा गर्न सकिन भने मलाई जुत्ताको माला लगाएर लखेटे हुन्छ ।’ कम्युनिष्टहरुले पटक पटक जितेर पनि विकास नभएको कारण निकै पछि परेको साविकको २ र ४ नम्बर क्षेत्र तथा अहिलेको २ नम्बर निर्वाचन क्षेत्रको विकासको लागि पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र आफू निर्वाचन लड्न आएको बताए । कम्युनिष्टहरुले जस्तो आश र त्रास देखाउन नभै मकवानपुरको विकास गर्नको लागि काँग्रेसका उम्मेदवारहरु एकढिक्का भएर अघि बढेको भन्दै उनले विकास र समृद्धि एवम् रोजगारीको निम्ति रुख चिन्हमा मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा काँग्रेस नेता भरत पराजुली, स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका शङ्कर न्यौपाने, राप्रपाका नेता सिताराम बर्तौलालगायतले पटक पटक कम्युनिष्टलाई जिताएका मतदाताले यस पटक काँग्रेसलाई जिताएर आफ्नो क्षेत्रको मुहार फेर्न अनुरोध गरे ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















