१६ मंसिर ,हेटौंडा । उपप्रधान एवम् उर्जा मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।
शनिबार हेटौंडा–१९ बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभामा योग्य, इमान्दार एवम् विकासप्रेमी युवा उम्मेदवार रहेको उल्लेख गर्दै चुनाव जितेमा मन्त्री र मुख्यमन्त्री पक्का रहेको बताउदै इन्द्र बानियाँलाई लालकिल्ला भत्काउने ओस्तादको उपमा दिँदै मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले लोकतान्त्रिक गठबन्धनको जितबाट मात्रै मकवानपुर ३ नम्बर प्रदेशको राजधानी हुन सक्ने ठोकुवा गरे ।
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब लालकिल्ला भत्किने र लोकतान्त्रिक किल्ला हुने दावी गरेकी छिन् । उनले कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताएकी हुन् । आफूले चाहेको भए समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्ने सक्थेँ भन्दै डीनाले भनिन्, ‘म २ पटक समानुपातिकतर्फबाट सभाषद् भैसकेको व्यक्ति हुँ, पार्टीको केन्द्रीय सदस्य पनि हुँ म अहिले पनि समानुपातिकमा बस्न सक्थेँ तर प्रजातन्त्र, विकास र समृद्धिका लागि प्रत्यक्ष चुनावका लागि आफु चुनावि मैदानमा आएको बताईन। कार्यक्रमै प्रदेशसभा सदस्यका उम्मेदवार काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पटक पटक कम्युनिष्टलाई जिताउँदा पनि विकासको काम केही नभएको भन्दै थाकेका मतदाताले एक पटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने बताए । यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै उनले मानवता भित्रको एकता, विकास र समृद्धि रोज्ने कि ? हिँसाबाट आएका कम्युनिष्टहरुको फोस्रा नारामा भुलिने एकपटक सोच्न अनुरोध गरे ।
काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । मकवानपुरले प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मन्त्री हुनेसम्म हैषियत भएका उम्मेदवार पाएको भन्दै उनले ढुक्क भएर लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, काँग्रेसका आमन्त्रित जिल्ला सदस्य रघुनाथ अधिकारी, राप्रपा नेता अक्कलबहादुर जिम्बा, कमल दोङ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर सदस्य अमृत पाठकलगायतले लोकतान्त्रिक गठबन्धनको जितले मात्रै मकवानपुरको विकास र हित हुन सक्ने बताए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















