१८ मंसिर, हेटौँडा । उपप्रधान एवम् उर्जा मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले लोकतान्त्रिको पक्षमा जनलहर देखेर बामपन्थीहरु आतिएको बताउदै मकवानपुरबाट बामपन्थीहरु अस्ताउने बेला आएको बताए ।
थापाले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट विजयी भएमा महालक्ष्मी उपाध्याय डीनालाई मन्त्री र इन्द्रबहादुर बानियाँलाई ३ नम्बर प्रदेशको मुख्य मन्त्री बनाउन राप्रपाले विना सर्त सहयोग गर्ने उद्घोष गरेका छन् ।
सोमबार मनहरी गाँउपालिको मनहरीमा भएको लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा थापाले मकवानपुरले क्षेत्र नम्बर २ ले विकास प्रमी योग्य, इमान्दार एवम् युवा उम्मेदवार चाहेकोले सो समय अब आएको भन्दै सम्पूर्ण मतदातालाई डिना र बानियाँलाई मतदान गर्न अनुरोध गरेकाछन ।
त्यसैगरी मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा अब कम्युनिष्टहरुको झुटको खेतीको २१ गते पछि सकिने ठोकुवा गरीन । उनले यो निर्वाचन जनताको भविष्य संग जोडिएको भन्दै विकासका लागिका मतदान गर्न आम मतदातालाई आग्रह गरिन ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्र बानियाले मकवानपुरे जन्ताले अब विकास विरोधिलाई नपत्याउने भन्दै विकास प्रमी उम्मेदवारलाई पत्याउने र आफु विकासप्रमी भएकोले जन्ताहरुले विश्वास गरेको बताए । बानियाले राजनितिलाई पेशा बनाउने देखी होसीयार भन्दै आफुले जन्ताको विश्वासलाई कहिल्यै धोका नदिने बताए ।
काँग्रेसका केन्द्रीय प्रतिनिधी पूर्व सभाषद् जीवनप्रेम श्रेष्ठले विकास र समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिभा सदस्यको समानुपातिक उम्मेदवारहरु दीपकबहादुर सिँह, पवित्रा विश्वकर्मा, पार्टि सचिव बुद्ध लामा, काग्रेस निवर्तामान सभापति रघुरमण न्यौपाने काग्रेस र राप्रपा प्रदेशसभा समानिपातिक उम्मेदवार गोविन्द रिजाल लगायलते गठबन्धनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे ।
काँग्रेस क्षेत्रिय सभापती लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरु सन्त बहादुर चेपाङ, जानिक लामा, लक्ष्मी श्रेष्ठ काँग्रेसका नेताहरु भीमसेन महत, आन्दराम पराजुली, लगायतकाको सहभागिता रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















