१८ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ । सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए ।
हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउँनुभएको छ । उपप्रधानमन्त्री समेत रहेका थापाले समग्र देशकै आर्थिक विकास र सम्बृद्धिका लागी लोकतान्त्रिक गठबन्धन बनेकाले जित सुनिश्चि भएको दावी गर्नुभयो । उहाँले मकवानपुर जिल्लामा पनि आफुहरुले धेरै काम गरेको स्मरण गराउँदै केही अधुरा रहेका कामहरुको पुर्णताको लागी मतदाताले लोकतान्त्रिक गठबन्धनलाई जिताउँने विश्वास व्यक्त गर्नुभयो । मकवानपुरमा अहिले भएका विकासका गतिविधि आफुहरुले सुरु गरेको दावी गर्दै थापाले पटक पटक जितेका कम्युनिष्टहरुले एउटा इटटा थप्ने काम समेत नगरेको आरोप लगाउँनुभयो । जिल्लाका विभिन्न स्थानमा पुग्ने सडक, विजुली, खानेपानी लागएत हेटौँडा अस्पतालको स्तारोन्नती देखी राष्ट्रियराजमार्गका कारण हेटौँडामा देखिएको अन्यौलता समेत आफुहरुको पहलमा समाधान भएको थापाले दावी गर्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएकाहरुको उचाई राष्ट्रिय राजनितिमा अरु दलका उम्मेदवारहरुको भन्दा धेरै माथी भएको बताउँदै जिल्लाको भाग्य र भविष्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले मात्रै कोर्न सक्ेने दावी गर्नुभयो ।
सभामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का प्रदेश सभा उम्मेदवार अशोक शाक्यले जिल्लाको विकास लोकतान्त्रिक गठबन्धनको जितबाट मात्र सम्भव भएको बताउँदै एक पटक अवसर दिन आग्रह गर्नुभयो । उहाँले यस अघि भएका निर्वाचनबाट जितेका कम्युनिष्ट उम्मेदवारहरुले सडक छेउ अशोकको बोट रोप्नुबाहेका अरु केही नगरेको आरोप समेत लागाउँनुभयो ।
लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रचार संयोजक रामचन्द्र अर्याल माइकलको सभाध्यक्षतामा भएको चुनावी सभामा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, राप्रपाका तर्फबाट समानुपातिक उम्मेदवार मधु अधिकारी, दिपक सिंह, राप्रपाका जिल्ला अध्यक्ष गणेश थापा, नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्त प्रदिप कोइराला, काग्रेस नेतृ रिता खनाल लगाएतले बोल्नुभएको थियो । सभा अधि लोकतान्त्रिक हुप्रचौरमा भेला भएका लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताहरुले हेटौँडा नगरको परिक्रमा गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















