Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा आचारसंहिता विपरित गर्ने कर्मचारी कारवाहीमा

status-1512577201.png

प्रदिप सापकोटाले आफनो फेसबुक पेजमा लेखेको विवादित स्ट्याटस

२० मंसिर, हेटौँडा । भोली विहिबार हुने दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न खटिएका एकजना सरकारी कर्मचारीले आचार संहिता विपरित कृयाकलाप गरेपछि कार्वाहीमा परेका छन् ।

थाहा नगरपालिकास्थित सेती गणेश विद्यालयमा निर्वाचनको लागि खटिएका प्रदिप सापकोटाले आफनो फेसबुक पेजमा ‘२१ गते साँझ ५ बजेपछि नेपाली काँग्रेसलाई खोज्न भारत जानुपर्ने हो कि ?’ भनेर लेखेका थिए । उनलाई निर्वाचन सम्पन्न गर्ने क्रममा दिइएको जिम्मेवारीबाट हटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

उनको स्थानमा अर्का कर्मचारीलाई जिम्मेवारी दिएको प्रजिअ बुढाले बताए । मकवानपुरगढी गाउँपालिका मक्रान्चुली घर भएका सापकोटाले निर्वाचन आचार संहिता विपरीत फेसबुकमा पोष्ट गरेको स्टाटसको विषयमा जिल्ला प्रशासन कार्यलयमा जानकारी आए पछि आफुले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा जानकारी गराएको बताउँदै सापकोटाले गल्ति स्विकार गरेको र माफी मागे पछि उनको दायीत्वबाट हटाइएको प्रजिअ बुढाको भनाई छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएदेखि नै फेसबुकमा नेकपा एमालेको प्रचारप्रसार गर्दै आएका जिल्ला पशुसेवा कार्यालय मकवानपुरमा कार्यरत पशु प्राविधिक प्रदीप सापकोटाको विषयमा यस अघि पनि समाचार प्रकाशन र प्रशारण भएको थियो ।

सापकोटाले निर्वाचन आचार संहिता विपरित प्रोफाइल फोटो समेत यसपटक नेकपा एमालेलाई मतदान गरौँ भन्ने राखेका थिए । निर्वाचनमा खटिएको कर्मचारी भएर किन कुनै दलको विरोधमा स्टाटस लेख्नुभो ? भन्ने प्रश्नमा उनले आफूलाई धेरैतिरबाट फोन आएपछि डिलेट गरेको जानकारी दिए । चुनाव गराउन खटिएको कर्मचारीले यस्तो लेख्न मिल्छ भन्ने प्रश्न गर्दा उनले फोन काटेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार