Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दोश्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

election-commission-nepal-1512651980.jpg

२१ मंसिर, हेटौँडा । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४५ जिल्लामा भएको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । 
निर्वाचन सम्पन्न भएलगत्तै आयोगले काठमाडौंमा पत्रकार सम्मेलनमा गरी निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान समेत गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढि मत गुल्मीमा ७१ प्रतिशत मत खसेको जानकारी दिए । विहिबार ४५ वटा जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । जसमध्ये अर्घाखाँची जिल्लाको २ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको र सो निर्वाचन एक दिन भित्रै सम्पन्न गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना भने सुरु भईसकेको जनाएको छ । 
दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै पहिलो चरणको ३२ जिल्ल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु भईसकेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए । निर्वाचन आयोगले दोस्रो चरणमा सम्पन्न निर्वाचनको पनि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भईरहेको र शुक्रबार विहानसम्म मतगणना सुरु भईसक्ने पनि स्पष्ट पारे । निर्वाचन आयोगले मतदानमा सहभागी भएकोमा सबै मतदाताप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा आवश्यक सबै खालको साथ र सहयोग उपलब्ध गराएकोमा सरकारप्रति आभार पनि व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार