२४ मंसिर, हेटौँडा । चुनाव भनेकै हार जित हो । तर एउटै उम्मेदवार उही प्रतिष्पर्धीसंग कति पटक हार्छ होला । मकवानपुरमा केही यस्ता चिरपरिचित प्रतिष्पर्धी छन् जो उही उम्मेदवारसंग पटक पटक हारिरहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ का चिरपरिचित प्रतिष्पर्धी हुन् राप्रपा अध्यक्ष कमल थापा र एमालेका नेता कृष्णप्रसाद दाहाल । दाहाल र थापाले २६ बर्ष अघि संगै प्रतिष्पर्धा गरेका थिए । त्यसयता उनीहरुहरुको चुनावी जम्काभेट ४ पटक भईसक्यो । तर दाहालसंगको पराजित हुनलाई थापाले ह्याट्रिक गरिसके । त्यसैले होला यसपटक चुनावी अभियानका क्रममा थापाले ‘मैले कति पटक हारेको थाहा हुन छोडिसक्यो, जितेको एक पटक पन्चायतमा हो, त्यसपछि १ पटक बहुदल आएसी’ भन्ने गरेका थिए । दाहाल र थापाबीच २०४८, २०५१, २०५६ र २०७४ मा चुनावी प्रतिष्पर्धा भयो । २०५१ सालमा दाहाललाई पराजित गरेका थापा बाँकी निर्वाचनमा संग पराजित भए ।
थापा र दाहालजस्तै चुनावीमा मैदानमा पटक पटक जम्माभेटमा परेका उम्मेदवार हुन् एमाले केन्द्रीय सदस्य विरोध खतिवडा र कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना । यी दुबैको जम्का भेट पहिलो पटक २०४८ सालमा भएको थियो । त्यस यता दुबैबीच ३ पटक चुनावी प्रतिष्पर्धा भयो । खतिवडासंगको चुनावी हारमा उपाध्यायले ह्याट्रिक गरेकी छिन् । उनले चुनावी मैदानमा अहिलेसम्म जित हासिल गरेकी छैनन् । उपाध्यायलाई खतिवडाले २०४८, २०५१ र २०७४ मा पराजित गरे ।
मकवानपुरमा प्रतिष्पर्धा गरेकामध्ये विजयी हुने ईन्द्रबहादुर बानियाँ पूर्व गृहराज्यमन्त्री हुन् भने कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, प्रेमबहादुर पुलामी र कुमारी मोक्तान पूर्व सांसदहरु हुन् । डोरमणी पौडेल हेटौँडाका पूर्व मेयर हुन् । पराजित मध्ये कमल थापा उपप्रधानमन्त्री, राजाराम स्यांतान पूर्व सांसद हुन् भने धर्मराज लामिछाने कांग्रेस क्षेत्र नम्बर १ का पूर्व सभापति हुन भने यतिराज सापकोटा कांग्रेस क्षेत्र नम्बर २ का सभापति हुन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















