२ पुस, हेटौँडा । प्रदेश तथा प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ ।
यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । यसअनुसार एमालेले पाएको मत कांग्रेसभन्दा ४५ हजार १ सय ५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २ सय ५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २ सय १ मत प्राप्त गरेको आयोगले जनाएको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।
राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३ सय ६३ र राप्रपाले एक लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । राप्रपा प्रजातान्त्रिकले भने ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३४ मत पाएका छन् ।
प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...
८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...
८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार...
८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...
८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...
७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...
७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...
७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुरको हेटौंडामा शुक्रबार बाघले स्थानीयको बाख्रा मारेको छ । हेटौंडा १३ आलदमारमा पुर्ण...
६ माघ, हेटौंडा। मकवानपुरको भिरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३...