Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

माओवादीको समानुपातिकबाट को-को बन्दैछन् सांसद ? (नामसहित)

Moist-1513940099.png

७ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ । 

माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ । प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ । माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जित्नुभएको छ ।

बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराव ढकाल बताउनुहुन्छ । जसअनुसार माओवादीले बुझाएको बन्द सूचिमा रहेका को–को बन्दै छन् त सांसद ?

दुई पुरुष : हितराज पाण्डे पक्का

माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ । जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।

माओवादी स्रोतका दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । 

१५ महिला

माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नुहुनुेछ । 

त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख हुनुहुन्छ ।

त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक÷एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको हो ।

यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नुहुनेछ । त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ । (साभार : उज्यालो अनलाईन)

यो पनि पढ्नुस् ।

एमालेमा समानुपातिकबाट को–को छानिँदैछन् ? (नामसहित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी
2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने
1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...

पाँच प्रदेशमा मुख्यतया मौसम सफा रहने
kathmandu-sky-(1)-1737419976.jpg

८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...

पेस्तोल र गोलीसहित भारतीय पक्राउ
Pakrau-1024x477-1-1737381551.jpg

७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता
Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने
Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...

थप समाचार