८ पुस, हेटौँडा । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका ९ स्थित बेतिनीका स्थानीयले नवनिर्वाचित सांसदहरुसँग बिजुली माग गरेका छन् । प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेश सभा सांसद प्रेम बहादुर पुलामीसँग उनीहरुले छिट्टै ने गाउँमा विजुली बाल्ने ब्यवस्था गरिदिन माग गरेका हुन् ।
मकवानपुरको शदरमुकाम हेटौंडाबाट करिब ७५ किमि पूर्व बाग्मती गाउँपालिका ९ बेतिनीको अधेँरी,स्यलथुम,रामेछाप,लेते,गैरे लगायतका गाउँमा उनीहरुलाई मतदाताहरुले फुलमाला र अबिरले स्वागत गरेका थिए ।
उमेरले ८० कटेकी अधेँरीकी सानीमाया पुलामी जीवनकालको उत्तरार्धमा गाउँमा विजुली बलेको हेर्न चाहेको बताईन् । शुक्रबार विजयपछि मतदातासँग बधाई साट्न अधेँरी पुगेका प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेशसभा सांसद प्रेम बहादुर पुलामी (छिन्तु) लाई उनले अबिर र माला लगाईदिँदै भनिन्, ‘म मर्नुभन्दा पहिला नै गाउँमा बिजुली ल्याईदिनु है । बाग्मती खोला किनारमा रहेको बेतिनिस्थत रामेछाप गाउँमा भने मतदाताहरुले नवनिर्वाचित सांसदद्वयलाई अध्याँरोमा नै स्वागत गरे । मोटरबाटोले नछोएको उक्त गाउँमा स्थानीयहरुले गाउँको पीडा देखाउने सांसदद्वयलाई स्वागत कार्यक्रम पनि शुक्रबार राती ८ बजे राखेका थिए । करिब ४५ मिनेट अध्याँरो जंगल छिचोल्दै रामेछाप पुगेका सांसद दाहाल र पुलामीलाई उनीहरुले अबिर मालासँगै गुनासोको भारी बिसाए ।
प्रतिनिधिसमा सांसद दाहाल र प्रदेशसभा सांसद पुलामीले बेतिनीबाट विकासको सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गरे । बेतनीका आधा दर्जन गाउँमा विजयी ¥याली र भेटघाट गरेका उनीहरुले बेतिनीमा केन्द्रीय विद्युत् प्रशारण लाई जोडेर यस क्षेत्रमा विकासको काम अघि बढाउने बताए ।
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...