-प्रद्युम्न रेग्मी
लगभग २६ बर्ष अघिको कुरा हुनुपर्छ बालुवाटार तिर म सडकको पेटीमा हिंड्दै गर्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढ्नु भएको गाडी झण्डा फहराउँदै बाटोमा हुइँकियो । नेपाली राजनैतिक इतिहासमा संभवत एउटा छाता, सुराही र बाकस बोकेर र उही रुपमा सम्मानपूर्वक बालुवाटार छोड्ने निस्कलंक, इमान्दार र पैसाले किन्नै नसक्ने नैतिकता बोकेका प्रधानमन्त्री आफु अघिबाट त्यसरी जाँदा त्यो छोटो समयमा मैंले उहाँको सकेसम्म धेरै भन्दा धेरै कुराहरूको अवलोकन गर्न कोसिस गरें ।
उहाँ पत्रिका पढ्दै हुनुहुन्थ्यो तर कुनै कारणबस उहाँले त्यही समयमा गाडीको बन्द झ्यालबाट बाहिर हेर्न खोज्नु भयो । मलाई लाग्यो सायद उहाँ मलाई नै हेर्दै हुनुहुन्थ्यो । भनौं मलाई उहाँसँग सिधै आँखा जुधेको भान भयो, मैंले सोचें वाह १ प्रधानमन्त्री त यस्तो पो हुनुपर्छ, आफ्नो कति महत्वपूर्ण कुरालाई वास्ता नगरी एउटा बाटोमा हिंड्ने साधारण नागरिकलार्इ नियाल्ने र मेरो समस्याको बारेमा गाडी भित्रै बसेर भए पनि कमसेकम सोच्न चाहँने र देशलाई नै अभिभावकको मायाको अनुभूति बाँड्न सक्ने ।
आजकाल २र४ जना औंलामा गन्न सकिने बाहेकका नेताहरूमा जनतालार्इ अपनत्वको भावना प्रदान गर्ने सोचसम्म छैन भन्दा पनि हुन्छ । हामी र उहाँहरू दुवै धुलो र धुवाँबाट पीडित छौं तर उहाँहरूलाई गाडीमा हिंड्दा त्यहि बाटो सायद सफा भएको अनुभूति हुँदो हो । हामी र उहाँहरू दुवै संसारको सबैभन्दा गरिब देशहरू मध्येका जनता हौं । तर उहाँहरूलाई मन्त्री, पार्टीका नेता वा अध्यक्ष भएर आफ्नो केही आर्थिक स्थिति र जीवनस्तर उठेको आभाष हुँदो हो ।
तर उहाँहरू कसैमा पनि ‘म पनि यो देशको नागरिक हुँ र जनमतमा हारजित जे भएपनि मैंले उहाँहरुको प्रतिनिधिको हैसियतले समय समयमा हृदयमा सदैव रहिरहने काम गर्नुपर्छ भन्ने सोंच राखेको भान हुन्न । नत्र लोकतन्त्रमा नागरिकसँग निरन्तर अन्तरक्रिया, आ–आफ्नो क्षेत्रमा भएका जनताका समस्या र तिनीहरूको उचित समाधान र समय-समयमा आफूले गरेको कामको बारेमा जनताले के-कस्तो धारणा राखेका छन् भनेर पनि उहाँहरुले जनतासंग नैं सोधपुछ गर्नु पर्ने हैन र रु आज देशमा व्यवस्था परिवर्तन, संविधान पारित, मतदान सम्पन्न र शान्ति स्थापनाको काम लगभग सकिसकेको अवस्थामा पनि वर्तमान प्रधानमन्त्रीले कहिले राजीनामा दिने रु अर्थात राजीनामा दिने कि नदिने रु वा नयाँ प्रधानमन्त्री कहिले चयन हुने भन्ने जस्ता कुरामा ठुलो बादबिबाद गरेर बसेका छौं । अबको समयमा प्रधानमन्त्री जो वा जुनसुकै पार्टीको भएतापनि देश र जनताको हित हुने कुरामा सबै पार्टी मिलेर समर्थन गर्ने र नराम्रा कुरालार्इ जो कोहिले पनि प्रतिबाद गर्नु पर्ने हैन र ?
समृद्धी भनेको बाटोघाटो, शिक्षा, स्वास्थ, बिज्ञान प्रबिधि, सूचना संचार, इतिहास, भूगोल, संस्कृति, सामाजिक सदभाव , आर्थिकलगायतका सबै क्षेत्रमा सन्तुलित रुपले क्रमशः विकास र परिवर्तन हुँदै जानु हो । देश समृद्ध हुनका लागि माथि उल्लेखित क्षेत्रमा प्राज्ञ वा बिज्ञहरूले गहन अध्यन गरेर निस्पक्ष सुझाव सल्लाह सरकारलाई दिने र जनताबाट चुनिएर र उनीहरूका सेवक भएर आएका जनप्रतिनिधिले अझ बढी इमान्दार भएर नीति नियमको पालना गर्नु पर्ने हैन र रु तर यसको ठिक उल्टो तरिकाले फौजदारी मुद्दा लागेका, भ्रष्टाचारमा दोषी ठहर भएका र विभिन्न आरोप लागेका व्यक्तिलार्ई इमान्दार वर्गले जनप्रतिनिधिको रुपमा स्वीकार गर्नुपर्ने अवस्था छ । के यो जनप्रतिनिधिहरूको धर्म हो ? के, यो जनताले चुनाब मार्फत दिएको जनादेशको सही पालना हो ? तपाईंहरूलाई राती निन्द्रा कसरी लाग्छ ? देशका कुना कुनामा आधारभूत औषधि नपाएर गरिब जनताले मृत्युवरण गर्नु परिरहेको छ, उनीहरूको जनप्रतिनिधि को हो रु उनीहरूको बारेमा तपाईंहरूले बोल्नु पर्दैन ? काम नैं नगरी तपाईंहरूलाई तलब र सुबिधा लिन अलिकति पनि लज्जाबोध हुन्दैन ? अहिले निर्बाचित देश भरीका सबै प्रतिनिधिहरू र नेताजीहरूलाई सोध्न चाहन्छु ।
तपाईंहरू बाटोमा वा गाडीमा हिंड्दै गर्दा कुनै साधारण जनताले तपाईलार्इ देख्दा उनीहरूको मनमा कस्तो सोच आउला रु उनीहरूले तपाईलार्इ देखेर यो मेरो आफ्नो अभिभावाक वा समस्याको समाधान दिन सक्ने सेवक हो भन्ने सोच्लान ? सोचे छन भने तपाईको जिन्दगी सफल भयो । बधाई छ । अर्को प्रश्न, धेरै जनताले तपाईको नाम सुन्दा टाउको बटारेर वा मुख बिगारेर हिंडे भने उनीहरूको सोच र मन बदल्न तपाई के के गर्न तयार हुनु हुन्छ ? तपाईंको राजनीतिको राज त्यही दिन देखि खुल्न थाल्नेछ । अनि तपाईहरुले बोक्ने रातो र सामान्य नागरिकले बोक्ने हरियो पासपोर्टबीचको अर्थपूर्ण भिन्नता यहींबाट स्पष्ट हुनेछ ।
त्यसैले हामी यहाँ प्रष्ट हुनु जरुरी छ, जनता र नेताको समस्या एउटै हो । तर समस्याको चुरो केलाएर समाधान गर्नु राजनीतिको मुल नीति हुनुपर्छ भन्ने बुझनु जरुरी छ । राजनीतिलाई व्यावसाय वा पेशा भन्दा पनि समाजसेवाका रुपमा हेरिनुपर्छ भन्ने सामान्य नागरिकले अनुभुत गर्न पाउनुपर्छ । राजनीति वा राजनीति गर्ने नेताहरुलाई सम्मानपूर्वक वा आदरपूर्वक हेर्ने र व्यवहार गर्ने अवस्थाको निर्माण पनि नेताहरुले नै गर्नुपर्छ । जनताले चुनेको प्रतिनिधि जनताकै सेवक बनेर जिम्मेवार बन्न सके देश समृद्ध बन्नेमा दुईमत छैन ।
साभार : इमेज खबर
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















