1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विचार

नेताले राजनीति बुझेनन् कि जनताले नेता चिनेनन् ?

Pradhumna-1514806038.jpg

-प्रद्युम्न रेग्मी

लगभग २६ बर्ष अघिको कुरा हुनुपर्छ बालुवाटार तिर म सडकको पेटीमा हिंड्दै गर्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढ्नु भएको गाडी झण्डा फहराउँदै बाटोमा हुइँकियो । नेपाली राजनैतिक इतिहासमा संभवत एउटा छाता, सुराही र बाकस बोकेर र उही रुपमा सम्मानपूर्वक बालुवाटार छोड्ने निस्कलंक, इमान्दार र पैसाले किन्नै नसक्ने नैतिकता बोकेका प्रधानमन्त्री आफु अघिबाट त्यसरी जाँदा त्यो छोटो समयमा मैंले उहाँको सकेसम्म धेरै भन्दा धेरै कुराहरूको अवलोकन गर्न कोसिस गरें ।

उहाँ पत्रिका पढ्दै हुनुहुन्थ्यो तर कुनै कारणबस उहाँले त्यही समयमा गाडीको बन्द झ्यालबाट बाहिर हेर्न खोज्नु भयो । मलाई लाग्यो सायद उहाँ मलाई नै हेर्दै हुनुहुन्थ्यो । भनौं मलाई उहाँसँग सिधै आँखा जुधेको भान भयो, मैंले सोचें वाह १ प्रधानमन्त्री त यस्तो पो हुनुपर्छ, आफ्नो कति महत्वपूर्ण कुरालाई वास्ता नगरी एउटा बाटोमा हिंड्ने साधारण नागरिकलार्इ नियाल्ने र मेरो समस्याको बारेमा गाडी भित्रै बसेर भए पनि कमसेकम सोच्न चाहँने र देशलाई नै अभिभावकको मायाको अनुभूति बाँड्न सक्ने ।

आजकाल २र४ जना औंलामा गन्न सकिने बाहेकका नेताहरूमा जनतालार्इ अपनत्वको भावना प्रदान गर्ने सोचसम्म छैन भन्दा पनि हुन्छ । हामी र उहाँहरू दुवै धुलो र धुवाँबाट पीडित छौं तर उहाँहरूलाई गाडीमा हिंड्दा त्यहि बाटो सायद सफा भएको अनुभूति हुँदो हो । हामी र उहाँहरू दुवै संसारको सबैभन्दा गरिब देशहरू मध्येका जनता हौं । तर उहाँहरूलाई मन्त्री, पार्टीका नेता वा अध्यक्ष भएर आफ्नो केही आर्थिक स्थिति र जीवनस्तर उठेको आभाष हुँदो हो ।

तर उहाँहरू कसैमा पनि ‘म पनि यो देशको नागरिक हुँ र जनमतमा हारजित जे भएपनि मैंले उहाँहरुको प्रतिनिधिको हैसियतले समय समयमा हृदयमा सदैव रहिरहने काम गर्नुपर्छ भन्ने सोंच राखेको भान हुन्न । नत्र लोकतन्त्रमा नागरिकसँग निरन्तर अन्तरक्रिया, आ–आफ्नो क्षेत्रमा भएका जनताका समस्या र तिनीहरूको उचित समाधान र समय-समयमा आफूले गरेको कामको बारेमा जनताले के-कस्तो धारणा राखेका छन् भनेर पनि उहाँहरुले जनतासंग नैं सोधपुछ गर्नु पर्ने हैन र रु आज देशमा व्यवस्था परिवर्तन, संविधान पारित, मतदान सम्पन्न र शान्ति स्थापनाको काम लगभग सकिसकेको अवस्थामा पनि वर्तमान प्रधानमन्त्रीले कहिले राजीनामा दिने रु अर्थात राजीनामा दिने कि नदिने रु वा नयाँ प्रधानमन्त्री कहिले चयन हुने भन्ने जस्ता कुरामा ठुलो बादबिबाद गरेर बसेका छौं । अबको समयमा प्रधानमन्त्री जो वा जुनसुकै पार्टीको भएतापनि देश र जनताको हित हुने कुरामा सबै पार्टी मिलेर समर्थन गर्ने र नराम्रा कुरालार्इ जो कोहिले पनि प्रतिबाद गर्नु पर्ने हैन र ?

समृद्धी भनेको बाटोघाटो, शिक्षा, स्वास्थ, बिज्ञान प्रबिधि, सूचना संचार, इतिहास, भूगोल, संस्कृति, सामाजिक सदभाव , आर्थिकलगायतका सबै क्षेत्रमा सन्तुलित रुपले क्रमशः विकास र परिवर्तन हुँदै जानु हो । देश समृद्ध हुनका लागि माथि उल्लेखित क्षेत्रमा प्राज्ञ वा बिज्ञहरूले गहन अध्यन गरेर निस्पक्ष सुझाव सल्लाह सरकारलाई दिने र जनताबाट चुनिएर र उनीहरूका सेवक भएर आएका जनप्रतिनिधिले अझ बढी इमान्दार भएर नीति नियमको पालना गर्नु पर्ने हैन र रु तर यसको ठिक उल्टो तरिकाले फौजदारी मुद्दा लागेका, भ्रष्टाचारमा दोषी ठहर भएका र विभिन्न आरोप लागेका व्यक्तिलार्ई इमान्दार वर्गले जनप्रतिनिधिको रुपमा स्वीकार गर्नुपर्ने अवस्था छ । के यो जनप्रतिनिधिहरूको धर्म हो ? के, यो जनताले चुनाब मार्फत दिएको जनादेशको सही पालना हो ? तपाईंहरूलाई राती निन्द्रा कसरी लाग्छ ? देशका कुना कुनामा आधारभूत औषधि नपाएर गरिब जनताले मृत्युवरण गर्नु परिरहेको छ, उनीहरूको जनप्रतिनिधि को हो रु उनीहरूको बारेमा तपाईंहरूले बोल्नु पर्दैन ? काम नैं नगरी तपाईंहरूलाई तलब र सुबिधा लिन अलिकति पनि लज्जाबोध हुन्दैन ? अहिले निर्बाचित देश भरीका सबै प्रतिनिधिहरू र नेताजीहरूलाई सोध्न चाहन्छु ।

तपाईंहरू बाटोमा वा गाडीमा हिंड्दै गर्दा कुनै साधारण जनताले तपाईलार्इ देख्दा उनीहरूको मनमा कस्तो सोच आउला रु उनीहरूले तपाईलार्इ देखेर यो मेरो आफ्नो अभिभावाक वा समस्याको समाधान दिन सक्ने सेवक हो भन्ने सोच्लान ? सोचे छन भने तपाईको जिन्दगी सफल भयो । बधाई छ । अर्को प्रश्न, धेरै जनताले तपाईको नाम सुन्दा टाउको बटारेर वा मुख बिगारेर हिंडे भने उनीहरूको सोच र मन बदल्न तपाई के के गर्न तयार हुनु हुन्छ ? तपाईंको राजनीतिको राज त्यही दिन देखि खुल्न थाल्नेछ । अनि तपाईहरुले बोक्ने रातो र सामान्य नागरिकले बोक्ने हरियो पासपोर्टबीचको अर्थपूर्ण भिन्नता यहींबाट स्पष्ट हुनेछ ।

त्यसैले हामी यहाँ प्रष्ट हुनु जरुरी छ, जनता र नेताको समस्या एउटै हो । तर समस्याको चुरो केलाएर समाधान गर्नु राजनीतिको मुल नीति हुनुपर्छ भन्ने बुझनु जरुरी छ । राजनीतिलाई व्यावसाय वा पेशा भन्दा पनि समाजसेवाका रुपमा हेरिनुपर्छ भन्ने सामान्य नागरिकले अनुभुत गर्न पाउनुपर्छ । राजनीति वा राजनीति गर्ने नेताहरुलाई सम्मानपूर्वक वा आदरपूर्वक हेर्ने र व्यवहार गर्ने अवस्थाको निर्माण पनि नेताहरुले नै गर्नुपर्छ । जनताले चुनेको प्रतिनिधि जनताकै सेवक बनेर जिम्मेवार बन्न सके देश समृद्ध बन्नेमा दुईमत छैन ।

साभार : इमेज खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन
oli-ramchandra_edit_25012-1742734043.jpg

१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...

ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छः देउवा
Sher-Bdr-1742718475.jpg

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...

सुनको मूल्य घट्यो
Gold-1742717932.jpg

१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
1680160635_1653826712_nep-1742693452.jpg

१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742692821.jpg

१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...

बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1742692491.jpg

१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

थप समाचार