Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सकारात्मक काममा प्रोत्साहन हुन्छ : बानियाँ

PasuPanchhi-1515398234.jpg

२४ पुस, हेटौँडा । मकवानपुरका प्रदेशसभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री ईन्द्र्रबहादुर बानियाँले सकारात्मक काममा प्रोत्साहन गरिने बताएका छन् । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ ३ नम्बर प्रदेशको सोमबार हेटौँडामा प्रथम अधिवेशन उद्घाटन गर्दै बानियाँले व्यवसायीलाई सकारात्मक काममा प्रोत्साह गरिने बताएका हुन् । 
उनले देश संघीय संरचनामा अघि बढेको अवस्थामा संघले समेत आफुलाई परिवर्तित संरचनामा लैजान लागेकोमा प्रशंसा गर्दै व्यवसायलाई पनि प्रचलित ऐन नियम अनुसार संचालन गर्न सुझाव दिए । उनले प्रतिपक्ष दलको हैसियतमा रहेपनि पशुपंक्षी औषधी व्यवसायीको समस्या समाधानमा सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गरे । पशुपंक्षी व्यवसायी र प्राविधिकको सक्रियताका कारण अहिले पशुपंक्षी मृत्युदर घटेको भन्द्रै उनले यसले देशको अर्थतन्त्रमा सकारात्मक प्र्रभाव पारेको बताए । 
उनले व्यवसायिक एकता, सहकार्य र समझदारीमा जोड दिन पनि व्यवसायीलाई सुझाव दिए । राज्यले प्राविधिक सिप जानेका युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिरहेको भन्दै यसको सदुपयोगका लागि आग्र्र्रह समेत गरे । उनले पशु डाक्टर र प्राविधिक अध्ययनमा पनि संघले निश्चित कोषको व्यवस्था गर्न सके देशमा पशुप्राविधिकको संख्यामा बृद्धि हुनेतर्फ ध्यान दिन सुझाव दिएका थिए । 
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, पशुपंक्षी व्यवसायी संघका प्रथम उपाध्यक्ष नवराज भण्डारी, द्वितीय उपाध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्षहरु नवराज तिमल्सिना, पंकज बडाल, पूर्व नारायणी अञ्चल अध्यक्ष विश्वराज बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
संघका अध्यक्ष हेमराज बडाल, कार्यक्रममा प्रदेश सभा सदस्य बानियाँ, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कटुवाल र सदस्य राजु अधिकारीलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार