२५ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघ हेटौँडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका गोर्कण पराजुलीले आफ्नो घोषणा पत्र व्यवसायीमाझ पुर्याएका छन् ।
हेटौँडामा बुधबारबाट शुरु हुन लागेको ३१ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पराजुलीले आफुले गर्ने कामहरुको घोषणा पत्र व्यवसायीमाझ पुर्याएका छन् ।
११ बुँदे घोषणा पत्रमा के के छन् त पराजुलीका प्रतिवद्धता ? पढ्नुस् ।
१. नारायणी संघ वास्तव मै यातायात व्यवसायीको अभिभावक हो भन्ने धारणा स्थापित गरिनेछ । कसैले पनि यो पेशाबाट विस्तापित हुनु नपरोस् भन्नका लागि लगानीको उचित प्रतिफल आउने वातावरण बनाइनेछ । पुराना सवारी विस्थापित गर्ने व्यवसायीको मात्र नयाँ गाडी दर्ता गरिनेछ । विस्थापित हुने सवारी धनीलाई विशेष सुविधा र राहतका प्याकेज लागू गरिनेछ ।
२. दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउने, घाइते र मृतकलाई क्षतिपूर्ति दिनु पर्ने अहिलेको अन्यायपूर्ण अवस्थाको अन्त्य गरिनेछ । सवारी मर्मतमा पेश्की, बिमामा आवश्यक सहजिकरण र घाइते वा मृत्यू हुँदा लाग्ने सबै खर्च संघले नै व्यहोर्ने व्यवस्था मिलाइनेछ । अहिलेले दिँदै आएको धन दायित्वतर्फको सुविधालाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्ने र दररेट समेत समय सापेक्ष बृद्धि गरिनेछ।
३. यात्रुबाहक सेक्टरलाई नमूनाको रुपमा लिई पहिलो चरणमा यात्रुबाहक सवारीको कर, परमिट, बिमा लगायत् सबै कागजात संघबाटै तयार गरिदिने र दुर्घटनाको अवस्थामा संघले नै सवारी मर्मत गरिदिने गरी आवश्यक व्यवस्थापन गरिनेछ । र यो कार्यक्रमलाई ३ वर्षभित्र सबै सवारीमा लागू गरी दुर्घटना हुँदा सवारीधनीलाई हुने आर्थिक र मानसिक तनावबाट मुक्त पारिनेछ ।
४. तौलपुलमा भइरहेको अपारदर्शितालाई हटाउन, आम व्यवसायीको प्रतिनिधित्व राख्ने, र सूचना, सञ्चारको माध्यम समय अनुकूल व्यवस्था गरी ढुवानी तथा ओभरलोडलाई निरुत्साहित गरिनेछ । लामो गाडीहरुको तौल गर्न मिल्ने गरी तौलपुलको पुनः संरचना गरिनेछ ।
५. दुर्घटनाको न्यूनिकरणका लाागि नियमित रुपमा दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
६. यात्रुबाहक क्षेत्रमा नयाँ–नयाँ रुट बृद्धि गरी देशव्यापी रुपमा यात्रुबाहक सेवा सञ्चालन गरिनेछ ।
७. संघको मुख्य कार्यालय एवं शाखाहरुलाई सुचना प्रविधिमा चुस्त दुरुस्त बनाउने, र व्यवासयीको संख्या र दुर्घटनाको जोखिमका
आधारमा नयाँ शाखा तथा सम्पर्क कार्यालयहरु खोलिनेछ । यसका लागि तत्काल धादिङ र कोशी पूर्व १, १ जना आरक्षण कोटासहित कार्यालय स्थापना गरिनेछ । साथै क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुको अधिकार बृद्धि गरी सम्बिन्धत क्षेत्रका व्यवसायीले सोही शाखाबाटै सबै सुविधाहरु पाउने वातावरण बनाइनेछ ।
८. आर्थिक पारदर्शितालाई अत्यन्तै प्राथमिकता दिइनेछ । अनावश्यक खर्च कटौती गरिनेछ । अतिरिक्त भत्ता, सुविधा, इन्धन लगायत्का अनावश्यक लाभ र विकृतिमा हाम्रो टीम कदापि लाग्ने छैन । कार्यसमितिबाट भए गरेका आर्थिक खर्च र निर्णयहरु व्यवसायीले चाहे अनुरुप हेर्न सक्ने व्यवस्था मिलाइनेछ । आन्तरिक लेखापरीक्षक राखिनेछ र व्यवसायी माझबाट प्रभावकारी लेखा समितिको व्यवस्था गरिनेछ ।
९. दुर्घटनाको केश किनारालाई उच्च प्राथमिकतामा राखिनेछ । शाखा र क्षेत्रमा १, १ वटा र मुख्य कार्यालयमा २ वटा टोलीलाई आकस्मिक रुपमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक श्रोत साधनसहित कार्यसमिति, उपसमिति, व्यवसायी र कर्मचारीको संयन्त्र निर्माण गरिनेछ । केशको जटिलताका आधारमा कार्यसमितिका प्रत्येक पदाधिकारी, सदस्यहरुलाई दुर्घटना केशमा अनिवार्य प्रतिनिधित्व गर्ने गरी जिम्मेवार बनाइनेछ ।
१०. मुख्य कार्यालयको भवन स्थानान्तरण गरी थानाभ¥याङ्मा सुविधा सम्पन्न भवन बनाइने छ । त्यहीँबाट धनदायित्व मूल्याङ्कनको काम विहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने व्यवस्था मिलाइनेछ ।
११. विदेशी मालबाहक सवारीहरुको निर्वाध नेपाल प्रवेशमा निषेध गर्न नेपाल सरकारसँग समन्वय र प्रभावकारी पहल गरिनेछ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















