१९ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको छ । मनहरी-५ की १६ बर्षीया बालिकासंग उदयपुरको त्रियुगा नगरपालिका-८ का २१ बर्षीय युवकसंग विवाह हुन लागेको जानकारी पछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा विवाह रोकिएको हो ।
माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्याल, सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, बाल अधिकार समिति मनहरीका सदस्यहरु देवकी ढुङ्गाना, अस्मिता कार्की, वाल सन्जालका सल्लाहकार अन्जन सापकोटा उदयपुर गएर त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरी घरमा पुगेर परिवारलाई सम्झाई बुझाई गरेर बालिकालाई माघ १८ गते घर फर्काइएको थियो ।
सामाजिक सञ्चालबाट प्रेम सम्बन्धमा पुगेका उनीहरु मनहरीबाट पुस २५ गते भागेर उदयपुर पुगेका थिए । २७ गते मनहरी बाल सञ्जालले जानकारी पाएर वडा र पालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि उहाँहरुको खोजी भएको थियो । उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विवाह गर्न परिवारले बालिकालाई बुझाउने प्रयास गरेपनि बालिकाले आत्महत्या गर्ने धम्की दिएको र पछि मनहरीबाट उदयपुर भागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । बालिका बाल क्लवल सञ्जालको सदस्य समेत रहेकी थिइन । बालिकाको आमा मनहरी गाउँपालिका पूर्व कार्यपालिका सदस्य समेत हुन् ।
नेपालमा २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई कानुनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने सबै पक्षलाई ३० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । पालिकामा चालु आर्थिक बर्षमा १४ वटा बालविवाह हुन लागेकोमा ११ वटा बालविवाह रोक्न सफल भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















