१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दल मनहरी गाउँपालिकाले विरोध सभा गरेको छ । तरुण दल मनहरी गाउँपालिकाले आइतबार गाउँपालिका अगाडि विरोध सभा गरेको हो ।
विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनैतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मनहरी गाउँपालिका संचालन गर्दा देशकै कमजोर पालिकाको रुपमा रहेको र अध्यक्ष र उपाध्यक्षको विवादले विकासबाट गाउँपालिकाबासी बन्चित भएको स्मरण गराए । पुलको ९० प्रतिशत भन्दा बढि काम सम्पन्न भईसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउने काम गर्नु पूर्वाग्रह मात्रै भएको उनको भनाई छ ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २०७२ सालको भुकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवं सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताए । उनले विरोध प्रर्दशनमा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मान हानी गर्नेलाई कारवाहीको माग गरे । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्षको नाममा ९ लाख रुपैंया बक्यौता रहेको दावी गर्दै उनले बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न चेतावनी दिए । उनले बानियाँको चरित्र हत्या गर्ने पक्षलाई २४ घण्टाभित्र माफी माग्न समेत चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, नेता नुरोज पौडेल, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेति लगायत नेपाली कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















