१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दल मनहरी गाउँपालिकाले विरोध सभा गरेको छ । तरुण दल मनहरी गाउँपालिकाले आइतबार गाउँपालिका अगाडि विरोध सभा गरेको हो ।
विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनैतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मनहरी गाउँपालिका संचालन गर्दा देशकै कमजोर पालिकाको रुपमा रहेको र अध्यक्ष र उपाध्यक्षको विवादले विकासबाट गाउँपालिकाबासी बन्चित भएको स्मरण गराए । पुलको ९० प्रतिशत भन्दा बढि काम सम्पन्न भईसकेको अवस्थामा निर्माण व्यवसायीको मनोबल गिराउने काम गर्नु पूर्वाग्रह मात्रै भएको उनको भनाई छ ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २०७२ सालको भुकम्प, नाकाबन्दी, कोभिड महामारी र अहिलेको आर्थिक मन्दीका कारण निर्माण व्यवसायी थला परेको र राज्यले भुक्तानी एवं सुरक्षा दिन नसक्दा अवस्था दयनीय रहेको बताए । उनले विरोध प्रर्दशनमा सामाजिक संस्कार र चरित्र समेत गुमाउँदै निर्माण व्यवसायीलाई मान हानी गर्नेलाई कारवाहीको माग गरे । विरोधमा उत्रिएको एमालेबाट निर्वाचित तत्कालिन उपाध्यक्षको नाममा ९ लाख रुपैंया बक्यौता रहेको दावी गर्दै उनले बक्यौता २४ घण्टाभित्र भुक्तानी गर्न चेतावनी दिए । उनले बानियाँको चरित्र हत्या गर्ने पक्षलाई २४ घण्टाभित्र माफी माग्न समेत चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य जानकी लामा, नेता नुरोज पौडेल, तरुण दल मनहरी गाउँपालिका अध्यक्ष स्वतन्त्र उप्रेति लगायत नेपाली कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















