१५ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले हाँडीखोलामा कोल्ड स्टोर निर्माण सुरु गरेको छ । उत्पादित तरकारी भण्डारण गरी उचित समयमा बिक्री गर्न सकिने गरि मनहरी गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी लगानीमा ३ नम्बर वडामा निर्माण हुन लागेको कोल्ड स्टोरको सोमबार शिलान्यास गरिएको छ ।
कोल्ड स्टोरको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहित वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको हो । हिमालयन नमोवुद्ध जेभीले ६ करोड २८ लाख ४५ हजारमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता गरेको छ । निर्माण कम्पनीले २४ महिनाभित्र कोल्ड स्टोर निर्माण सक्ने प्रतिवद्धता जनाएको छ ।
तकारीको पकेट क्षेत्र मानिने हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् । कोल्ड स्टोरको क्षमता चार सय मेट्रिकटन हुनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडिखोलाबासीका लागि कोल्ड स्टोर गौरवको आयोजना भएको बताए । निर्वाचनमा आफूले पहिलो एजेण्डाको रुपमा कोल्ड स्टोर निर्माणलाई अघि सारेको स्मरण गर्दै कालाखेतीले सो योजना साकार हुन लागेकोमा खुसी व्यक्त गरे ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले कोल्ड स्टोर निर्माण पश्चात हाँडिखोलाका तरकारी उत्पादक किसानलाई ठूलो लाभ मिल्ने विश्वास व्यक्त गरिन् । किसानले उब्जाएको तरकारीले मूल्य नपाएको अवस्थामा कोल्ड स्टोरमा राखी उचित मूल्य आएपछि बिक्री गर्न सक्ने सुविधा किसानले पाउने पुलामीले बताइन् ।
मनहरी ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आफुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । शिलान्यास कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष शिवप्रसाद खनाल, ५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारी, ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । कोल्ड स्टोर निर्माणका लागि स्थानीय गणेश कुमारी उप्रेतीले १० धुर जग्गा उपलब्ध गराएकी हुन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















