Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

हाँडीखोलामा कोल्ड स्टोर बन्ने, गाउँपालिका अध्यक्षले गरे शिलान्यास

zzz-1708994761.jpg

१५ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले हाँडीखोलामा कोल्ड स्टोर निर्माण सुरु गरेको छ । उत्पादित तरकारी भण्डारण गरी उचित समयमा बिक्री गर्न सकिने गरि मनहरी गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी लगानीमा ३ नम्बर वडामा निर्माण हुन लागेको कोल्ड स्टोरको सोमबार शिलान्यास गरिएको छ । 
कोल्ड स्टोरको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहित वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको हो । हिमालयन नमोवुद्ध जेभीले ६ करोड २८ लाख ४५ हजारमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता गरेको छ । निर्माण कम्पनीले २४ महिनाभित्र कोल्ड स्टोर निर्माण सक्ने प्रतिवद्धता जनाएको छ । 
तकारीको पकेट क्षेत्र मानिने हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् । कोल्ड स्टोरको क्षमता चार सय मेट्रिकटन हुनेछ । 
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडिखोलाबासीका लागि कोल्ड स्टोर गौरवको आयोजना भएको बताए । निर्वाचनमा आफूले पहिलो एजेण्डाको रुपमा कोल्ड स्टोर निर्माणलाई अघि सारेको स्मरण गर्दै कालाखेतीले सो योजना साकार हुन लागेकोमा खुसी व्यक्त गरे । 
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले कोल्ड स्टोर निर्माण पश्चात हाँडिखोलाका तरकारी उत्पादक किसानलाई ठूलो लाभ मिल्ने विश्वास व्यक्त गरिन् । किसानले उब्जाएको तरकारीले मूल्य नपाएको अवस्थामा कोल्ड स्टोरमा राखी उचित मूल्य आएपछि बिक्री गर्न सक्ने सुविधा किसानले पाउने पुलामीले बताइन् । 
मनहरी ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आफुले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । शिलान्यास कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष शिवप्रसाद खनाल, ५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारी, ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । कोल्ड स्टोर निर्माणका लागि स्थानीय गणेश कुमारी उप्रेतीले १० धुर जग्गा उपलब्ध गराएकी हुन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार