Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

अशोक बाटिकामा दंगाल

20160910_124203-1473513086.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा भरतप्रसाद गौतम, केदार अधिकारी, सिता तिवारी र जानकी राई रहेका छन् । सभाले पार्वति ढकालको संयोजकत्वमा पुष्पराज हटुवाल र डोरबहादुर अधिकारी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष जयप्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक मोहनप्रसाद बस्ताकोटीले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष अस्मिता आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा संचारकर्मी कपिल खड्का र नविन तिमल्सिना, उत्कृष्ट बचतकर्ता लिलामाया बजगाई र लोकनाथ ढकाल, उत्कृष्ट ऋणीमा सानुबाबु गिरी र विष्णुमाया गिरी, ज्येष्ठ सदस्यतर्फ हरिलाल दाहाल र तेजकुमारी तिमल्सिनालाई सम्मान गरिएको थियो । यसैगरी, २०७२ सालको प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ लकिम दाहाल र मेलिना गजुरेल, संस्थागत विद्यालयतर्फ निशान अधिकारी र सुष्मिता अधिकारी, पूर्व कर्मचारी सिर्जना सापकोटालाई सम्मान गरिएको थियो । सभामा चिसापानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, हटिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश राना, शेयर सदस्य घमराज तिमल्सिना, पार्वती ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

थप समाचार