२० माघ,हेटौंडा। विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुलाई भेला गरी मनहरी गाउँपालिकाले शुक्रबार शैक्षिक अन्तरक्रिया गरेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरी गाविसका ३२ वटा सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रअहरु, ९ वटै वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु सहभागी थिए ।
भेलामा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री शर्मा भट्टराईले स्थानीय तहमा आएको अधिकार सही सदुपयोग गरी मनहरीको शिक्षा क्षेत्रलाई उत्कृष्ठ र नमूनालायक बनाउन आग्रह गरे । भेलामा सहभागी शिक्षकले गाउँपालिकामा शिक्षा क्षेत्र हेर्ने अधिकारी नभएका कारण विद्यालय सञ्चालनमा समस्या आएको बताए ।
कार्यक्रममा मनहरी श्रोतकेन्द्रका श्रोतव्यक्ति रमेश शर्मा पराजुलीले मनहरी क्षेत्रमा कक्षा छोड्ने दर, १९ दशमलब ५ प्रतिशत र कक्षा दोहो¥याउने दर १९ दशमलब २ प्रतिशत रहेको बताए । मनहरी गाउँपालिकामा ८ वटा मावि रहेको र मावि दर्बन्दीका शिक्षक ११ जना मात्रै रहेको बताए । कक्षा १–८ सञ्चालन भएका विद्यालय १२ वटा रहेको र निमावि दर्बन्दी १४ वटा मात्रै रहेको बताए ।
गाउँपालिका कार्यकारी अधिकृत किसान न्यौपानेले गाउँपालिकाको खातामा आएको सशर्त अनुदानका रकम विद्यालयको खातामा पठाउन बिबिध समस्या रहेको बताए । गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भेलाबाट आएका सुझाव संकलन गरी शिक्षा क्षेत्रका विकासका लागि मार्गचित्र निर्माण गरिने बताइन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
-1517622845.jpg)

















