Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी गाउँपालिकामा शैक्षिक अन्तरक्रिया

२० प्रतिशत विद्यार्थी ड्रपआउट

Man-(2)-1517622845.jpg

२० माघ,हेटौंडा। विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुलाई भेला गरी मनहरी गाउँपालिकाले शुक्रबार शैक्षिक अन्तरक्रिया गरेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरी गाविसका ३२ वटा सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रअहरु, ९ वटै वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु सहभागी थिए ।

भेलामा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री शर्मा भट्टराईले स्थानीय तहमा आएको अधिकार सही सदुपयोग गरी मनहरीको शिक्षा क्षेत्रलाई उत्कृष्ठ र नमूनालायक बनाउन आग्रह गरे । भेलामा सहभागी शिक्षकले गाउँपालिकामा शिक्षा क्षेत्र हेर्ने अधिकारी नभएका कारण विद्यालय सञ्चालनमा समस्या आएको बताए ।

कार्यक्रममा मनहरी श्रोतकेन्द्रका श्रोतव्यक्ति रमेश शर्मा पराजुलीले मनहरी क्षेत्रमा कक्षा छोड्ने दर, १९ दशमलब ५ प्रतिशत र कक्षा दोहो¥याउने दर १९ दशमलब २ प्रतिशत रहेको बताए । मनहरी गाउँपालिकामा ८ वटा मावि रहेको र मावि दर्बन्दीका शिक्षक ११ जना मात्रै रहेको बताए । कक्षा १–८ सञ्चालन भएका विद्यालय १२ वटा रहेको र निमावि दर्बन्दी १४ वटा मात्रै रहेको बताए । 

गाउँपालिका कार्यकारी अधिकृत किसान न्यौपानेले गाउँपालिकाको खातामा आएको सशर्त अनुदानका रकम विद्यालयको खातामा पठाउन बिबिध समस्या रहेको बताए । गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भेलाबाट आएका सुझाव संकलन गरी शिक्षा क्षेत्रका विकासका लागि मार्गचित्र निर्माण गरिने बताइन् ।    

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार